मधेश प्रदेश: मूर्ति बिसर्जन घटनामा मधेशी आयोगकाे एक्सन,केहिजना समातिए

मधेशपाटी अनलाइन     २०७८ माघ २६, बुधबार ०६:३३ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको रौतहटमा गत सोमबार भएको सरस्वति पुजा मनाएर मूर्ति बिसर्जनको घटनामा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले एक्सन लिएका छन् ।

रौतहट जिल्लाको इशानाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनियाँस्थित केहि मुस्लिम महिलाहरुले सरस्वती पूजाको मुर्ति विसर्जन गर्ने दिन मुर्ति माथि ढुंगामुढा गरि चप्पल प्रहार गरेको घटनाप्रति चासो लिँदै रौहटका सिडिओसँग जानकारी लिएका छन् ।

सरस्वतिको मूर्तिमाथि मुस्लिम महिलाहरुले ढुंगामुढा चप्पल प्रहार गरेको समाचार आएपछि मधेशी आयोगमा उजुरी परेको थियो । सोही उजुरी माथि मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले गम्भिर ध्यानाकर्षण गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन पहल थालेका छन् ।

सो घटनाको बारेमा विस्तृत बुझ्न अध्यक्ष डा. दत्तले रौतहटका प्रमुख जिल्ला अधिकारी संग टेलिफोन सम्पर्क गरि जानकारी लिएका हुन् । मँगलबार सत्य तथ्य बुझी घटनामा संलग्न लाई तुरन्त कानुनी दायरामा ल्याउन समेत निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारीले घटनामा संलग्न केहि व्यक्ति लाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी गराएको मधेशी आयोगका अध्यक्ष डा. दतका स्वकीय सचिव दिपेन्द्र कुमार यादवले जानकारी दिए ।

“यस्ता घटनाहरुलाई दोहरिन नदिन हामी सबैको साझा कर्तव्य हो, यस्ता घटनाहरुले सामजिक र धार्मिक द्वन्द फैलिन्छ र समाजमा एक-अर्का बीच दुरी बढाउँछ ।”– डा दत्तले भने ।

तसर्थः यस्ता घटनाहरु प्रति सबै सचेत रहन र यस्ता घटना घटेमा प्रहरीप्रशासन वा मधेशी आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गर्न समेत अध्यक्ष डा.दत्तले बताए ।

प्रतिक्रिया





Top