क्राईम ब्रान्चको प्रहरी हुँ भन्दै मोटरसाईकल चोरी गर्ने यलावलाई गिरफ्तार

मधेशपाटी अनलाइन     २०७८ माघ २६, बुधबार ०६:४३ बजे मा प्रकासित



जनकपुरधाम । आफू क्राईम ब्रान्चको प्रहरी हुँ भन्दै मोसा चोरी गर्ने लाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय धनुषाले एक चोरलाई पक्राउ गरेको छ ।

प्रदेश –२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र सोको ब्लु बुक गत आईतबार चोरी गरी लगेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बस्ने टिका यादवलाई पक्राउ गरिएको हो ।

“ म क्राइम ब्रान्चको व्यक्ति हु भनी मोटरसाइकलको ब्लु बुक निकाल्न लगाई हेरी, मोटरसाईकल चोरीको हो अनुसन्धान गर्न जिल्ला चेक जाचको लागि लग्नु पर्छ” भनी झुक्याई डर त्रास देखाउने युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अनुसन्धान टोलीले घटनामा यादवलाई धनुषाको थमौना टोल बस्ने यादवलाई मँगलबार पक्राउ गरेको हो । यादवको साथबाट चोरी भएको मोटरसाईकल, ब्लुबुकसँगै फेल परेको हाे ।

चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया





Top