धनुषा : कर्तव्य ज्यान मुद्दामा फरार रहेका लालबाबु पक्राउ, झुमका कारागार पठाए

मधेशपाटी अनलाइन     २०७८ माघ २६, बुधबार ०६:५४ बजे मा प्रकासित


जनकपुरधाम । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई गिरफ्तार गरी धनुषा प्रहरीले अदालतमा हाजिर गराएको छ ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ४२ को मोहम्मद लालबाुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतमा चढाएको हो । कर्तव्य ज्यान मुद्दामा फरार भएका उनलाई मँगलबार पक्राउ गरी बुझाएको हो ।

प्रतिवादी लालबाबुलाई पुर्पक्षको क्रममा थुनामा राखी कारवाही गर्नु भनी उच्च अदालत जनकपुरबाट आदेश भए पश्चात फरार रहेका उनलाई खोजतलास गर्दै जाने जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेको थियो ।

जिल्ला अदालत धनुषाको आदेशमा उनलाई मँगलबार नै झुमका कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top