जनकपुरधाम । मधेश प्रदेशका स्थायी राजधानी जनकपुरधाममा एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका बजरंग चोक देखि हेलथ केयर सडकमा बाट घर जाँदै गरेको बाटैमा धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साहमाथि संघातिक आक्रमण भएको छ ।
स्थानीय बजरंग चोकमा रहेको जानकी हेल्थ केयरबाट घर जाने क्रममा अचानक ३,४ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले सडकमा आएर अध्यक्ष साहमाथि आक्रमण गरेको साहले बताए ।
आक्रमणबाट उनको आँखामा चोट लाग्दा देख्नै न सकिने अवस्था रहेको छ । त्यस्तै उनको हातमा पनि चोट लागेको बताएको छ ।घाइते साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
प्रतिक्रिया