मधेश प्रदेश : १९ वर्षिया किशोरीलाई हत्या,गहु खेतमा लास फेला

मधेशपाटी अनलाइन     २०७८ माघ २६, बुधबार १७:१५ बजे मा प्रकासित



मधेश पाटी,जनकपुरधाम । मधेस प्रदेशको रौतहटमा १९ वर्षिया किशोरीलाई हत्या गरेर गहु खेतमा शाव फेला परेको छ । पिडित बुवाकाे आराेप फुल जस्तै छाेरिलाई पापीले मारिए ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ९ लौतनकी बस्ने मो. कलाम मियाको छाेरी १९ वर्षिया किशोरीलाई हत्या भएको छ। पिडित भन्छ मुखमा कपडा कोचेर राक्षसी व्यवहार गरियो।

मंगलबार साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी चाँदनी खातुनकाे मृतक अवस्था शब लवतना र मठीया टोलको बिचमा बुधबार एक गहु खेतमा भेटिएको छ ।

घरभन्दा एक किलो मिटर पूर्वतर्फ गहुँबारीमा खातुनको शव फेला परेको रौतहटका प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले जानकारी दिए।

उनको गएराति सलले घाँटी कसेर हत्या गरिएको प्रहरीको अनुमान छ।

शव पोष्टमार्टमका लागी गौर अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको रनिरीक्षक पाण्डेले बताएकाे छ ।

प्रतिक्रिया





Top