सिरहमा मधेस प्रदेशको नमुना फर्निचर उद्योग उद्घाटन सम्पन्न

न्यूज डेस्क     २०७८ माघ २६, बुधबार २०:१६ बजे मा प्रकासित


सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिका वार्ड नम्बर ४ स्थित पुर्व-पश्चिम राजमार्गको ए.बी (AB) मलको सिधा दक्षिण तर्फ मधेस प्रदेशको नमुना कमला माई काष्ठ फर्निचर उद्योग उद्घाटन आज बुधबार सम्पन्न भएको छ।

लगभग एक करोडको लगानीमा संचालन गरिएको कमला माई काष्ठ फर्निचर उद्योगमा शोफा,थ्री पिस दराज , पलङ्ग , कुर्सी,पर्दा ,पर्दाको पाइप लगायत , अफिस सजावटसँगै सानो घर देखि ठुलाठुल्ला भवनकोको लागि विभिन्न प्रकारका सजावट सामग्रीहरु कमला माई काष्ठ फर्निचर उद्योगमा पाउन सक्छन् उद्योगको प्रो:रामनाथ साहले बताए ।

उक्त गोलबजारको नमुना फर्निचर उद्योग बन्दै गरेकोले शुरु भएको व्यापारकमा राम्रो प्रगति देखिएको हुँदा त्यो पहिलाको स्थानमा सम्भव नभएकोले ठुलो भवनमा फर्निचर काष्ठ उद्योग निर्माणमा गरेको साहले भने ।

उद्घाटन भएको कमला माई काष्ठ फर्निचर उद्योगले महिनाभित्र १५ प्रतिशात छुटमा कमला माई काष्ठ फर्निचर उद्योगभित्र रहेका सामानहरुको बिक्रीवितरण हुने र फर्निचर काष्ठ उद्योगको कार्य ५ वर्ष देखि गर्दै आइरहेको साहको भनाई छ।

कमला माई काष्ठ फर्निचर उद्योगबाट गोलबजार ,सिरहा र मिर्चैया,कर्जन्हा लगायतको व्यक्तिहरु लाभान्वित भएको र सामन बिक्रीवितरण गरिरहेकको उद्योग सन्चालक रामनाथ साहले बताए ।

प्रतिक्रिया





Top