प्रदेश नाम कागजमा सिमित , सरकारी कार्यालयमा लेखिएनन मधेश प्रदेश

मधेशपाटी अनलाइन     २०७८ माघ २७, बिहीबार ०७:४५ बजे मा प्रकासित



जनकपुरधाम । रौतहटका सरकारी कार्यालयहरुले अहिले सम्म मधेश प्रदेश लेखेको छैन । मधेश प्रदेशको नामाकरण भएको २२ दिन बितिसक्दा पनि मधेश प्रदेश सरकारको मातहतमा रहेका कार्यालयहरु अहिलेसम्म ध्यान पुगेका छैनन् ।

निर्वाचन भएको साढे चार बर्षको अन्तरालमा प्रदेशको नामकरण गत माघ ३ गते दुई तिहाइ बहुमतबाट राजधानी जनकपुरधाम हुने गरी प्रदेशसभाबाट निर्णय भएको थियो ।

मधेश प्रदेश सरकारले माघ १२ गतेमा प्रदेश भित्र रहेका स्थानीय तह , सरकारी कार्यालयहरुमा मधेश प्रदेश सरकार लेख्ने भनी निर्देशन दिए पनि सम्वन्धित कार्यालयका प्रमुखले मधेश प्रदेश सरकारको निर्देशनको पालना गरेको देखिएको छैन । रौतहटमा रहेको १८ वटा स्थानीय तहको वोर्डमा मधेश प्रदेश सरकार लेखिएको छैन ,लेटर पैड समेतमा अहिले सम्म प्रदेश २ नै कायम गरी कामकार्यवाही हुने गरेको छ ।

सरकारको निर्णय तत्काल कार्यन्वयन गर्नु पर्नेमा सो नगरी सम्बन्धित कार्यालयका प्रमुखहरुले अटेरी गर्दै आएका छन् । सदरमुकाम गौरमा रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गतका जिल्ला स्वास्थ्य कार्यालय , प्रादेशिक अस्पताल गौरको कार्यालयको बोर्डमा अहिले सम्म प्रदेश सरकार प्रदेश नम्बर २ नै लेखिएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय , जिल्ला समन्वय समितिको कार्यालय , सिँचाई तथा जलस्रोत कार्यालय , जिल्ला कृषि ज्ञान केन्द्र , जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय , यातायात तथा व्यवस्था कार्यालयमा पुरानै नाम उल्लेख गरिएको हुँदा कार्यालय प्रमुखले मधेश प्रदेशको पहिचान नै गौण गर्ने कार्य गरेको छ ।

मधेश प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न आलटाल गर्ने कार्यालयको प्रमुखमाथि सरकारले कडाइ गरी मधेश प्रदेश सरकार लेख्न लगाउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया





Top