मधेश प्रदेश : नम्बर नखुलेको सावरीले ठक्कर दिँदा एक पुरुषको मृत्यु

मधेशपाटी अनलाइन     २०७८ माघ २७, बिहीबार ०७:५७ बजे मा प्रकासित


रमेश कुमार यादब ,रौतहट । रौतहटमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।आज बिहिबार बिहानै करिब ०४ः३० बजेको समयमा जिगडिया चौक नजिकै ठक्कर दिएको थियो ।

जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.८ स्थित जिंगडिया चौक नजिकै ठक्कर दिँदा अन्दाजी नाम थर, वतन नखुलेको अंन्दाजी ५०–५२ बर्षको पुरुष व्यक्ति घाईते भएको थियो ।गम्भिर घाईते भएको पुरुष ब्यतिmलाई उपचारको लागी गौर अस्पताल लैजादै गर्दा व्यक्तिको बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपि) श्री राम भण्डारी जानकारी दिनुभएको छ ।

मृत्यु भएको ब्यतिलाई पोस्टमार्टमको लागी गौर अस्पतालमा राखिएको डिएसपि भण्डारीले जनाए ।ठक्कर दिएर फरार भएको गाडीलाई खोजतलास भईरहेको र जाडै नै पक्राउ गर्ने ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि भण्डारी जानकारी दिएका छन ।

मृत्यु भएको व्यक्तिलाई नाम थर ,बतन पहिचान नभएको सो ब्यतिmलाई चिन्नु हुने सर्वसाधनहरुले पहिचान गर्नको लागी ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको सम्पर्क नं.९८५५०९०१६५÷ ९८५५०९०३७४ मा जानकारीको लागी डिएसपि भण्डारीले हार्दिक अनुरोध गरेका छन ।

प्रतिक्रिया





Top