जनकपुर : बच्चा चोरको बिगबिगी, बच्चा चोरेर भाग्दै आरोपमा एक महिला गिरफ्तार

मधेशपाटी अनलाइन     २०७८ माघ २७, बिहीबार १३:४२ बजे मा प्रकासित


जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरबाट बच्चा चोरेर भाग्दै भागदा गरेको आरोपमा एक महिला गिरफ्तार परेकी छन्।

बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय धनुषामा आधा घण्टापछि घटनाबारे जानकारी प्राप्त भएको थियो।

प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५ वर्षीया महिलाले शिशु लिएर फरार भएकी थिइन्।

खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित बेंगा शिवपुरबाट हराएको बच्चासहित ती महिला फेला परेकी हुन्।

स्थानीयले सामाजिक सञ्जालमा राखेको भिडियाेमा ती महिलाले अर्को पनि एक जना बालिकालाई समेत आफूसँगै राखेकी देखिन्छ ।

अनाथ आश्रमबाट बच्चा लिएको ती महिलाले भिडिओमा बताएकी छन्।

प्रहरीका अनुसार पक्राउ परेकी ती महिला कमला नगरपालिका वडा नम्बर १० स्थित डुमरियाकी ३५ वर्षीया मनिषा देवी मुखिया रहेकी छन ।

‘बच्चा चोरेर भाग्दै गरेको अवस्थामा हामीले ती महिलालाई नियन्त्रणमा लियौं,’ प्रहरी स्रोतले भन्यो।

घटनाबारे थप अनुसन्धान भइरहेकाले तत्काल सम्पूर्ण विवरण दिन नमिल्ने प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको कार्यक्रम रहेकोले उपस्थितको लागि अनुरोध गरिएको छ । आजकाे समय दिउँसो ३:३० बजे स्थान जिल्ला प्रहरी कार्यालय धनुषाको मिटिङ हलमा राखिएको छ ।

प्रतिक्रिया





Top