धनुषा : वडा अध्यक्षले सार्वजनिक जग्गा अर्कोको नाममा सिफारिस गरेपछि…

न्यूज डेस्क     २०७८ माघ २७, बिहीबार २१:१६ बजे मा प्रकासित


धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा ऐलानी जग्गा भोगचलनका लागि वडाध्यक्षले सिफारिस गरेका छन ।

रुपैठामा रहेको नवकी पोखरीको छेउमा ऐलानी जग्गा भोगचलनका लागि वडाध्यक्ष भोगेन्द्र झाले एक व्यक्तिलाई सिफारिस गरेको राज खुलेको हो ।

रुपैठाका रामसुन्दर पण्डितले वर्षौंदेखि सो जग्गा सार्वजनिक रहेको र वडाध्यक्ष झाले आर्थिक चलखेल गरेर भोगचलनका लागि अधिकार दिएको आरोप लगाएका छन् ।

गाउँका स्थानीय एक कठ्ठाको सो ऐलानी जग्गामा वर्षौंदेखि फोहोर फाल्दै आएका थिए । तर, स्थानीय फौदार महतो नुनियाले एकाएक सो जग्गामा छेकवार गरेपछि फौदारको नाममा वडाध्यक्षले भोगचलनका लागि सिफारिस गरेको उनले बताए ।

रुपैठाकै कमलेश साहले वडा सचिवबाट समेत जर्बजस्ती सो कागजमा सिफारिस गराउन लगाइएको आरोप लगाए ।

यता, केही स्थानीयले नवकी पोखरीको छेउमा रहेको सो सार्वजनिक जग्गाको विषयलाई लिएर न्यायिक समितिमा पुग्दा वडाध्यक्षले सो जग्गा व्यक्तिलाई भोगचलनका लागि सिफारिस गरेको पाइएको उनले बताए ।

सो जग्गाको सिफारिस सम्बन्धमा आफूलाई कुनै किसिमको जानकारी नरहेको जनकपुरधाम उपमहानगरपालिका–२० का वडा सचिव अनिलकुमार मिश्रले बताए । वडा सचिवले भने हामी यहाँ सरुवा भएर ७/८ दिन भए आएको तर तर भुलवास भएकाे वडा अध्यक्ष आजै पत्र काटिएका छन ।

यसैबीच, गाउँमा स्थानीयले सो सार्वजनिक जग्गाको विषयमा दबाब बढाउन थालेपछि वडाध्यक्ष झाले फौदार महतोको नाममा सिफारिस गरिएको भोगचलनको पत्र रद्द गरि दिनका लागि पुनः अर्को पत्र काटेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकालाई वडा सचिवले लेखेको पत्रमा भूलवश सो जग्गा फौदार महतोको नाममा भोगचलनको सिफारिससहितको पत्र काटिएको पत्रमा उल्लेख गरेर पठाएका छन ।

प्रतिक्रिया





Top