चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ

मधेशपाटी अनलाइन     २०७८ माघ २९, शनिबार ०८:३४ बजे मा प्रकासित



सर्लाही । सर्लाही जिल्लाको हरिवनबाट चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

हरिवन नगरपालिका वडा नम्बर ११ निवास अन्दाजी वर्ष ३५ को बुधन भन्ने शेष हमिदलाई बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।हमिद उपर सर्लाही जिल्ला अदालतले २०७४ साल पुस ९ गते चोरीको मुद्दामा एक महिना कैद र ६० हजार रुपैया नगद जरिवानाको सजाय सुनाएको थियो ।

नियमअनुसारको कैद जरिवाना असुल उपरको लागि निजलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

प्रतिक्रिया





Top