एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थकः अध्यक्ष ठाकुर

मधेशपाटी अनलाइन     २०७८ माघ २९, शनिबार २१:३२ बजे मा प्रकासित


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् ।

उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए ।

अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए ।

अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताए ।

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए ।

प्रतिक्रिया





Top