यी युवती जसले एक रातमा पाकिस्तानको सरकार ढल्न सक्ने !

न्यूज डेस्क     २०७८ फाल्गुन १, आईतवार ०५:३० बजे मा प्रकासित


काठमाडौं। पाकिस्तानकी टिकटक स्टार हरीम शाह एक पटक फेरि चर्चामा छिन् ।

हरीम शाहले पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए)ले आफ्ना पतिलाई झुटो आरोप लगाएर दुःख दिइरहेको आरोप लगाएकी छिन् । गत महिना हरीम शाहको एउटा भिडियो भाइरल भएको थियो ।

भिडियोमा उनले ब्रिटिश पाउण्डका नोटका मुठाहरुको साथमा पाकिस्तान सरकारको खिल्ली उडाइरहेकी थिइन् ।

आफ्ना पतिविरुद्ध गरिएको कारवाहीका विषयमा उनले भनेकी छिन् ‘जब एफआइएले मेरो केही बिगार्न सकेन त्यसपछि उसले मेरा पति बिलाल शाहविरुद्ध झुटो आरोप लगाएर बदला लिइरहेको छ ।

मेरा पतिविरुद्ध कुनै एफआइआर नहुँदा पनि जबरजस्ती असुली र ड्रग्सको तस्करीको आरोप लगाइएको छ ।’

हरीम शाहलाई पाकिस्तानकी सबैभन्दा चर्चित ‘ड्रामा क्वीन’ मानिन्छ । पाकिस्तानी पत्रकार नूर अल आरफीनले त यहाँसम्म दावी गरिसकेका छन् कि यदि हरीमको घरमा छापा मार्ने हो भने एक रातमा इमरान खानको सरकार ढल्नेछ ।

आरफीनको दावीअनुसार इमरान खानदेखि शाह महमुद कुरेशी र शेख रशीदसम्मका उल्टा सिधा भिडियो हरीम शाहको मोवाइलमा छन् । पीटीआइको पूरै नेतृत्व हरीम शाहको मोवाइलमा बन्द छ ।

गत महिना हरीम शाहले शेयर गरेको भिडियोमा उनले पाकिस्तानबाट ठूलो रकमको साथमा यात्रा गर्नेहरु सचेत हुनुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन् ‘म निकै सजिलै यहाँ (बेलायत) आएँ ।

पाकिस्तानमा कानुन केवल गरिबहरुमा लागू हुन्छ ।’ अहिले पाकिस्तानमा विदेशी मुद्राको चरम अभाव छ । यही कारण बिना अनुमति केवल १० हजार डलर मात्रै विदेशी मुद्रा देशबाहिर लैजान पाइन्छ ।

तर, हरीम शाहसँग योभन्दा कैयौं धेरै रकम थियो । त्यसपछि उनीविरुद्ध मनी लण्ड्रिङको केसमा जाँच सुरु गरियो ।

हरीम शाहले एक टेलिभिजन कार्यक्रमका क्रममा पाकिस्तानका मन्त्री शेख रशीललाई फोन गरिदिएकी थिइन् । टिकटक स्टारले यो घटनाको भिडियो सामाजिक संजालमा पनि शेयर गरेकी थिइन् ।

तबिश हाशमीको शोमा कुराकानीका क्रममा शेख रशीदको चर्चा भएपछि हरीम शाहले तत्काल मोवाइल उठाएर पाकिस्तानका गृहमन्त्रीलाई फोन गरेकी थिइन् । गृहमन्त्री शेख रशीदले त्यतिबेला हरीम शाहलाई पनि फोन गर्न भनेका थिए ।

हरीम शाहले २ वर्ष पहिले शेख रशीदमाथि अश्लिल भिडियो पठाएको आरोप लगाएकी थिइन् । यो आरोप लगाउँदै उनले शेख रशीदको एउटा भिडियो शेयर गरेकी थिइन् ।

हरीमले शेयर गरेको भिडियोमा शेख रशीदले भनेका थिए ‘मेरो कुरा राम्रोसँग सुन्नुस् । मैले तपाइँको कुनै पनि रहस्य दुनियाँको अगाडि खोलेको छैन । तैपति तपाइँले मसँग कुराकानी किन बन्द गर्नुभयो रु त्यसपछि रशीदले भन्छन् ‘हरीम तिमीलाई जे गर्नु छ त्यो गर ।’

पाकिस्तानको विदेश मन्त्रालयमा घुमीघुमी भिडियो बनाउने हरीम प्रायः चर्चामा आइरहन्छिन् । पाकिस्तानका नामी र पहुँचवाला सत्ताका खेलाडीहरुसँग उनको सिधा पहुँच छ ।

खासगरी इमरान खान प्रधानमन्त्री भएपछि हरीम शाहको पहुँच र प्रतिष्ठा तीब्र रुपमा बढेको छ । सामाजिक संजालमा इमरान खानसँग खिचिएका उनका कैयौं फोटोहरु भाइरल भएका थिए ।

प्रतिक्रिया





Top