बैठकमा देउवाकाे ठुलो स्वार गठबन्धनको विकल्प छ भनेपछि प्रचण्ड-माधब तनावमा !

न्यूज डेस्क     २०७८ फाल्गुन १, आईतवार ०५:४१ बजे मा प्रकासित


काठमाडौं । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले गठबन्धनमा झनै विवाद ल्याएको छ ।

एमसीसीलाई मुख्य विषय बनाएर बसेको बैठकमा देउवाले यदि एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सहयोग नगरे आफुसंग अन्य विकल्प रहेको बताएपछि प्रचण्ड र माधब नेपाललाई तनाव उत्पन्न भएको छ ।

बैठकमा देउवाले सहमतिमा एमसीसी संसदमा टेबुल गरौं भन्ने प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधब नेपालले शंशोधन बिना संसदमा टेबुल गर्न नसकिने बताएपछि बैठकमा चर्काचर्की नै समेत भएको खुलेको छ ।

बिहीबार साँझ दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न आग्रह गरेका थिए । एमसीसीलाई चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमान्ने भन्दै देउवाले अस्वीकार गरेर पठाए ।

उनीहरुले दोस्रो विकल्प भनेको एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्न पनि जोगिने र एमालेले एमसीसीविरोधी जनमतमा कब्जा जमानउ पनि नपाउने तर्क गरेका थिए ।

आइतवार प्रतिनिधिसभा बैठक बोलाइएकाले शनिबार प्रचण्ड-माधव पुनः बालुवाटार गए । उनीहरु दुवैजनाले एमालेले आग्रह गरिसकेकाले बैठक दुई दिन पर सार्न सुझाव दिए । तर देउवाबाट उनीहरुले त्यसमा पनि सकारात्मक जवाफ नपाएको निकट स्रोतले जनाएको छ ।

शनिवारको शीर्ष बैठकपछि प्रचण्ड माधव निरास देखिएको माओवादीका एक स्थायी कमिटी सदस्यले बताए । यसअघि शुक्रवार दुवै नेताबीच प्रचण्ड निवास खुमलटारमा लामो छलफल भएको थियो । दुवै नेता एमसीसी पारित गर्न आफ्ना पार्टीभित्र दबाबमा छन् ।

तत्कालीन नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रयोग गरिएको एमसीसीको अस्त्र अहिले प्रचण्ड माधवलाई नै भारी परेको छ । नेकपाकालम पार्टीबाहिर समेत ओलीलाई बदनाम गर्न एमसीसीलाई यी नेताहरुले अनावश्यक रुपमा गिजोलेको आरोप छ ।

प्रधानमन्त्री देउवाले शनिवारको छलफलमा ‘तपाईहरुले साथ दिनु हुन्न भने मसँग अरु पनि विकल्प छन्,एमसीसी यसै सदनबाट पारित हुन्छ’ भनेर प्रष्ट भाषामा बताएको बालुवाटार स्रोतले जनाएको छ । यो जानकारी प्रधानमन्त्रीले जसपाका नेताहरुलाई समेत गराएका छन् ।

सत्ता गठबन्धनका कांग्रेस र जसपा एमसीसी पारित गर्न तयार छन् तर त्यो संख्य पर्याप्त होइन । नेकपा एमाले एमसीसी टेबल गर्ने र पारित गर्ने दायित्व सरकरको भएकाले प्रतिपक्षके मुख ताक्न आवश्यक नरहेको बताएको छ । देउवाले भनेको विकल्प चाहिँ गठबन्धन भत्काएर एमालेसहितको साथ लिएर एमसीसी पारित गर्ने भन्ने हो ।

एमाले आउने चुनावमा आफूविरुद्धको पाँच दलीय
गठबन्धन फुटाउन चाहान्छ । उता कांग्रेससँग तीनै तहको चुनावमा गठबन्धन गर्ने जोड प्रचण्ड माधवको छ । गठबन्धन नहुँदाको चुनावी परिणामप्रति दुवै नेता विश्वस्त छैनन् । एक्ला एक्लै चुनाव लड्दा एमाले र कांग्रेसबाहेक अरु दलको अवस्था अहिलेको भन्दा कमजोर हुने आँकलन छ ।

त्यसैले पनि अहिले एमसीसीलाई पन्छाएर वा एमालेसहितको राष्ट्रिय सहमतिबाटमात्र पारित गरेर जाँदा गठबन्धन पनि जोगिने आशा प्रचण्ड माधवको छ । तर एमालेले गठबन्धन जोगाइदिनका लागि एमसीसीको भारी बोक्ने देखिन्न ।

एमालेका प्रचार विभाग प्रमुख विष्णु रिजाल भन्छन्– एमसीसी कांग्रेस र एमाालेले पारित गरिदिउन्,हामी भयंक राष्ट्रवादी हौं भन्न पाइयोस् र आउने तीनै तहका चुनावमा कांग्रेसले गच्छे अनुसार सिट दिएर चुनाव जिताइदेओस् भन्ने उहाँहरुको मीठो सपना छ । तर राजनीतिमा त्यस्तो हुँदैन ।

शनिवारको छलफलपछि माधव नेपालले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरुसँग कुरा गर्दा पनि एमसीसीका कारण गठबन्धन नै टुट्ने डर पैदा भएको बताएका थिए । त्यस्तै प्रचण्डले पनि गठबन्न जोगाउन समस्या भएको भन्दै केपी ओलीले कुटील चाल चालिरहेको ब्रिफिङ गरेको नेताहरुले बताएका छन् ।

शनिवारको छलफलमा देउवाले सभामुखमाथि महाअभियोग लगाउने हल्लामा भने कुनै सत्यता नरहेको बताएका थिए ।

प्रतिक्रिया





Top