सामुदायिक भवन निर्माण आवश्यक: प्रदेश सांसद यादव

न्यूज डेस्क     २०७८ फाल्गुन १, आईतवार २०:५६ बजे मा प्रकासित


जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच सामुदायिक भवन को शिलान्यास गर्नुभएको छ।

धनुषा निर्वाचन क्षेत्र नं २ को शहिदनगर नगरपालिकाको ननुपटी गाउँ मा मधेश प्रदेश सांसद यादवले एक समारोहका विच सामुदायिक भवन को शिलान्यास गर्ने क्रममा बोल्दै मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्ग को अधिकार का संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताउनुभएको छ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले जन्ती सहित गैर शैक्षिक सामाजिक क्रियाकलापहरुको व्यवस्थापन गर्न उद्देश्यले सामुदायिक भवनको निर्माण गर्ने कुरा बताउनुभएको छ।

सो कार्यक्रममा बोल्दै जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साहले शिक्षा सुधार अभियान अन्तर्गत जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको कुरा बताउनुभएको छ।

जसपा नेपाल शहिदनगर नगरपालिकाका नगर अध्यक्ष दिनेश प्रसाद यादव ले ननुपटी गाउँ मा सामुदायिक भवन निर्माण का लागि जसपा नेपाल शहिदनगर नगरपालिका वार्ड नं ४ का वार्ड समिति अध्यक्ष समाजसेवी बेचन साह ले जमिन सहयोग प्रदान गरेको कुरा जानकारी गराएका छन्।

 

प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट ५ लाख रुपैयाँको लागतमा सामुदायिक भवन को निर्माण थालनी गरिने कुरा बताइएको छ।
जमिन दाता जसपा नेता बेचन साह को अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्थानीयबासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया





Top