२७ औं महान जनयुद्ध दिवस सम्पन्न , परिवारलाई एघार हजार सहयोग

न्यूज डेस्क     २०७८ फाल्गुन २, सोमबार ०७:१४ बजे मा प्रकासित


सिरहा। सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाले पनि २७ औं महान जनयुद्ध दिवस र सहित परिवारलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कर्जन्हा नगरपालिकाद्वारा आयोजित २७ औं महान जनयुद्ध कार्यक्रम सुनिता देवी यादवको अध्यक्ष्ाता भएको कार्यक्रमको प्रमुख अतिथिमा कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान ,विशिष्ट अतिथिमा कर्जन्हालनगरपालिकाको उप मेयर ज्ञान कुमारी श्रेष्ठ र वर्डा अध्यक्ष ,सहित परिवारका सदस्यहरु,जनप्रतिनिधि ,बुद्धिजीवी र पत्रकार ,पार्टीका नेता कर्याकर्ता अगुवाईको उपस्थित रहेको उद्घोषक राम जीवन पासमानले जानकारी दिनुभएको छ।

२७ औं जनयुद्ध कार्यक्रममा धेरै वक्ताले जनयुद्धको घटना बारे सत्यतथ्य देखेका जनयुद्धहरुको बारे बलिदान ,परिवारको त्याग र देश र जनताका लागि गरेका कार्यहरूको चर्च गर्नुभएका छन् ।

सो कार्यक्रममा नै गंगा पासमान , ज्ञान कुमारी श्रेष्ठको हातबाट जनयुद्धका सदस्य , १५ जना भन्दा बढी सहिद परिवारलाई एघार हजार दुई सय ५० रुपैयाँ र सम्मान हस्तान्तरण गर्नको उप मेयर ज्ञान कुमारी श्रेष्ठले बताइन्।

कार्यक्रममा नगर प्रमुख बोल्दै नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवसमा मेयर पासमानले बताए।

आयोजित २७ औं महान जनयुद्ध दिवस कार्यक्रममा छुटेका थप जनयुद्धका सहिदहरुलाई कार्यालयमा सहयोग उपलब्ध गराउने वहाँले भन्नुभएको छ।

जनयुद्ध कार्यक्रमलाई सहित परिवारलाई माला ,गौशाला र एघारौं हजारभन्दा बढी रकम सहयोग गर्दै नगर प्रमुख पासमानले
कार्यक्रमलाई समापन्न गर्नुभएको छ।

अहिलेसम्म मधेश प्रदेशमा ५४३ जना सहिद परिवारको पहिचान भएको कुल करिब ६ सय सहिद रहेको छ।

प्रतिक्रिया





Top