जनकपुर र धनगढीबाट पोखराको सिधा उडान

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ३, मंगलवार १६:१५ बजे मा प्रकासित


जनकपुरधाम । बुद्ध एयरले आगामी मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्ने भएको छ।

शुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए।

‘जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिबार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान हुनेछ’, कर्णले भने।

सिधा उडानबाट अनावश्यक झन्झटमुक्त हुनुका साथै यात्रुको समय पनि वचत हुनेछ।

यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ।

प्रतिक्रिया





Top