महोत्तरी : एक पालिकामा हिसाब मागेपछी दुई पक्ष बिच झडप

न्यूज डेस्क     २०७८ फाल्गुन ४, बुधबार ०७:०१ बजे मा प्रकासित


धर्मेन्द्र कुमार यादव,महोत्तरी । विभिन्न शिर्षकको हिसाब पार्दर्शी गर्नु पर्ने माग गर्दै सोनमा गाउपालिकामा यूवाहरु द्वारा भण्डाफोर कार्यक्रम सुरु गर्न पालिकामा पुगी हिसाब मागे पछी दुई पक्ष बिच झडप भएको छ।

पुर्व निर्धारित कार्यक्रम अनुसार सोनमाका युवाहरुको लगायत महिला पुरुषको समुहले पालिका द्वारा बितरन गरिएको ग्यास, खानेपानी पाइप र च्यापकटरको हिसाब र बितरनको बिवरन माग गर्दा गाउपालिका भित्र तैयारी अवस्थामा रहेका केही उचसृङ्खल व्यक्ती द्वारा हातपात गर्न खोज्दा दुई पक्ष बिच झडप भएको छ। झडप भए पछी नेपाल प्रहरी र शसश्त्र प्रहरीले दुबै पक्षलाइ शान्त गरिएकाको कुरा युवा नेता शैलेन्द्र यादवले बताएका छन।
झडपमा दुबै पाक्षबाट ३-४ जना सामान्य घाइते भएका छन।

चुनावको समय नजिक हुँदै गएको समयमा जनतालाइ आफ्नो पक्षमा भोटदिने प्रलोभनको लागि सोनमा गाउपालि प्रमुख द्वारा विभिन्न वडामा ग्यास चुल्हा, खानेपानी कल, घाँस काट्ने मसिन लगायतका समानहरु बितरन गरिएको छ। बितरन गरिएको समानको आर्थिक हिनामिना नहुन दिनको लागि हिसाब पार्दर्शी गर्नु पर्ने माग राखी युवाहरु भण्डाफोर कार्यक्रम गर्न लागेको छ।

प्रतिक्रिया





Top