काठमाडौं । सत्ता गठबन्धनमा एमसीसीका विषयले देखिएको संकट प्रधान्यायधीश चोलेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग दर्ताभएसंगै केहि कम भएको थियो ।
तर जसरी पनि संसदमा एमसीसी टेवल गर्ने प्रधानमन्त्री देउवाको प्रयासले पुन गठबन्धनमा समस्या देखिएका छ भने पूर्व विश्लेषणहरु विपरित राजनीतिक कोर्ष अघि बढेको छ ।
जव प्रधान्यायधीश चोलेन्द्र समशेर जबरामाथि अप्रत्याशित रुपमा महाअभियोग दर्ता भयो यसले जारी राजनीतिक कोर्षमा क्रमभंगता गर्यो ।
नेकपा एकीकृत समाजवादीका १४ सांसद विरुद्धको मुद्धाको पेशी अघि सारेर देउवालाई महाअभियोगमा सहमत गराएका प्रचण्डले त्यसवापत एमसीसीमा सहजिकरण गर्ने बताएका थिए ।
अर्थात एकीकृत समाजवादीका सांसदहरु कारबाहीमा परे सत्ता गठबन्धन नै संकटमा पर्ने समस्या देखाएका प्रचण्डले अर्कातर्फ भने अध्यक्ष माधवकुमार नेपाललाई पनि एमसीसीमा मध्यमार्गमा आउने वातावरण सिर्जना गरे ।
यसबाट हौसिएका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको माग पुरा गरेर सकारात्मक संदेश दिए भने बुधबारको संसदमा एमसीसी टेवल गर्ने गरी तयारी अगाडी बढाए । यहि सहमतीको नतिजा सभामुखमा चमत्कारीक परिर्वन देखियो ।
हिजोका दिनमा एमसीसीका विषयमा खम्बा बनेका उनी लचक बनेका उनले वुधवार नै हुने कार्यव्यवस्था समिति छलफलमा समेट्ने तयारीमा थिए ।
तर महोल एकाएक वदलियो, सत्ता घटक माओवादी केन्द्रको वुधवारकै संसदीय दलको बैठकले गठबन्धन फुटेपनि एमसीसी पास गराउन नसकिने निर्णय गर्यो भने एकीकृत समाजवादीको पनि सोहि लाईन समात्यो । फलत: सभामुखले पनि एमसीसीलाई वुधबारको संसद वैठकको कार्यसूचीमा राखेनन् ।
फेरी पनि एमसीसी सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालका कारण अझ गिजोलिएको छ ।
संसदीय दलको निर्णयपश्चात प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेपछि कांग्रेस पनि सम्झौता टेवल गराउनबाट पछि हटेको छ । प्रचण्डको यो युटर्नका कारणमा उनको दलभित्रकै फरक मत प्रमुख देखिएको छ ।
देउवा प्रचण्ड र माधव नेपालसंग मात्र सहमती गरेर अघि बढेका थिए । तर माओवादीको भातृसंस्थाहरु नै सडकमा आएपछि त्यसको भार खेप्न नसक्ने अवस्थामा प्रचण्ड पुगे र पार्टी कै निर्णय अनुसार अघि बढ्ने निर्णय गरे ।
सत्ता गठबन्धन फुट बारे देउवामा रहेको डरको कमजोरीमा खेलेर उनले पुन एकचोटि आफ्नो धुर्तता देखाएका छन ।
कि देउवालाई प्रष्ट पार्ने कि दलभित्र एकमत सिर्जना गर्ने मध्ये एक विकल्प दिनुपर्नेमा उनी दुवै विकल्पमा खेलेर एमसीसी अझ गिजोलिरहेका छन । जसबाट कांग्रेसमाथि पुन एकचोटि प्रचण्डले धोका दिएका छन । जुन सम्भावनाका बारे विश्लेषकहरुले यसअघिबाटै बताउँदै आएका थिए ।
सम्भावित धोका र आफू एक्लिने डरकाबीच पनि सत्ताघटकमा देखिएको संटक अन्त्य गर्न देउवा प्रचण्डको गोटि बनिरहेका छन ।
तर प्रचण्ड–नेपाल भने दोहोरो चरित्र देखाँउदै एमसीसीलाई उपयोग गरिहेका छन । यहि अवस्थाका कारण एमसीसी अझ अलमलमा पर्दै गएको छ भने नयाँ नयाँ राजनीतिक परिदृश्य सिर्जना गरिहेको छ । जसले घोषित स्थानीय तहको निर्वाचमा समेत प्रभाव पर्ने देखिन्छ ।
प्रतिक्रिया