जनकपुरधाम । एनआरएमए को नेतृत्वमा मधेशी एकता समाज लगायत विभिन्न ब्यक्तिहरूको सहयोगमा मृतकको पार्थिक शरीर उद्धार गरेको छ ।
यएई, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको मृतकको पार्थी शरीर लाई गैर आवासीय मधेशी संघ ( एनआरएमए ) नेतृत्वमा मधेशी एकता समाज लगायत विभिन्न संघ- संस्था, बुद्धिजीवी, समाजसेवी र ब्यपारीहरूको सहयोगमा योगेन्द्र भेदिहारको पार्थिक शरीर लाई उद्धार गरेको छ ।
अहिलेको समयमा बढदो वेरोजगारीको कारण अधिकांश युवाहरू विदेश पलायन भईरहेको सबै लाई थाहै छ । वैदेशिक रोजगारीको क्रममा युएई आएको धनुषा जिल्लाको सबैला नगरपालिका वाड नम्बर १२ रघुनाथपुर बस्ने योगेन्द्र भेदिहारको पार्थिक शरीर लाई उद्धार गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा भिजिट भिषामा युएई आएको डेढ वर्ष देखि काम गर्दै आएको २० डिसेम्बर २०२१ राती सुतेको सुतेकै क्रममा मृत्यु भयो, यो संसार लाई सधैको लागि छोडेर गईसकियो । त्सपछि कसैले चासो नराखेको जानकारी प्रेस जनमत संघको केन्द्रीय अध्यक्ष बी.पी साह ज्युले गैर आवासीय मधेशी संघ युएई शाखालाई जानकारी गराउन लगत्तै युएईमा रहेको गैर आवासीय मधेशी संघको वरिष्ठ सल्लाहकार संत साह ज्युले विभिन्न तरिका बाट खोज तलाश छानवीन गरी मृतकको पार्थिक शरीर पता लगाएका थिए । निरन्तर रूपमा आफ्नो कामको साथसाथै मृत्कको कम्पनी तथा नेपाल एमबीसी संग समन्वय गर्न वरिष्ठ सल्लाहकार अमित शर्मा ज्युले सहयोग गरेका थिए । २ महिना देखि निरन्तर रूपमा फलॉअप गर्दै कानुनि नियम प्रक्रिया कागजात पुरा गरी मृतकको पार्थिक शरीर लाई स्वदेश पठाउन अहम भुमिका निर्वाह गरेका छन ।
मृत्कको कम्पनी लाई पार्थिक शरीर स्वदेश पठाउन आग्रह गरे पछि कम्पनीले कानुनि नियम अनुसार पठाउन तयार भएन । मृत्कको परिवारिक स्थिति पनि अन्ततै कमजोर रहेको आमाबुवा पनि बितिसकेको एउटा ९ महिनाको छोरी श्रीमति मात्र रहेका छन । अन्तमा गैर आवासीय मधेशी संघ यु.ए.ई ले आर्थिक सहयोगको लागि मधेशी युनाइटेड लगायत अन्य विभिन्न संघ संस्थाबाट आर्थिक सहयोगमा मृत्कको पार्थी शरीर लाई स्वदेश पठाउन सफल भएको । यस कार्यमा साथ सहयोग गर्नु भएको गैर आवासीय मधेशी संघ युएई शाखाको अध्यक्ष जग नारायण मंडल, वरिष्ठ सल्लाहकार संजय कर्ण, कोषाध्यक्ष सदाम अंसारी, मधेशी एकता समाज उपाध्यक्ष कृष्ण ठाकुर, लगायत अन्य विभिन्न संघ-संस्था, स्वराजी साथी, एरिया कोडिनेटर, एक्टिव मेम्बर्स, बुद्धिजीवी, व्यवसायी, व्यापारी सहयोग रहेकोे छ । वहाँहरू धन्यवादको पात्र बनेका छन बताए ।
अध्यक्ष मण्डलले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै भिजिट भिषामा आउने युवाहरूलाई बिना स्किल, काम खोजेर यहि काम गर्नेगरी विदेश नआउने, यदि विदेश आउनेनै हो भने कम्पनीको भिषा लगाएर नेपाल सरकार तथा आफुजाने देशको सम्पुर्ण कानुनि प्रक्रिया अपनाई मात्र आउन समेत आग्रह गरेका छन ।
प्रतिक्रिया