अन्ततः पाँच दलिय सत्ता गठबन्धन विभाजित, एक दल बाहिरिए !

न्यूज डेस्क     २०७८ फाल्गुन ५, बिहीबार १९:३९ बजे मा प्रकासित


काठमाडौं । पाँच दलिय सत्ता गठबन्धन एमसीसीका कारण अघोािषत रुपमा फुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा रहेको जनमोर्चालाई आउट गरिदिएपछि सो दल बाहिरिएको हो ।

अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न बालुवाटारमा सुरु भएको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बैठकमा जनमोर्चालाई आउट गरिएको हो ।

जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरुको अहिले बैठक भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भइरहेको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट डा। बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

बैठकमा यसअघि सहभागी हुँदै आउनु भएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई भने प्रधानमन्त्री सचिवालयले बैठकमा आमन्त्रण नगरी सडकतिरैजान सन्देश दिएको छ ।

जनमोर्चा एमसीसीको बिरोधमा सडकमा गइसकेको छ ।

जनमोर्चापछि नेकपा एकीकृत समाजवादी र माओवादी नेताहरुले पनि जनसंगठनलाई लगाएर सरकारबिरुद्ध सडकमा बितण्डा मच्चाएका छन् ।

प्रतिक्रिया





Top