धरानमा पुरुषको लाश फेला : टाउको र गोडा जेब्रा झोलामा, प्लास्टिकको झोलामा शरीर

न्यूज डेस्क     २०७८ फाल्गुन ५, बिहीबार २०:१८ बजे मा प्रकासित


सुनसरी । धरान उप–महानगरपालिका वडा नम्बर ४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा मानव अंग फेला परेको छ ।

हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको हो । टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सडक खण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले झोलाबाट टाउको र खुट्टा निकालेको हो । घटनाको छनविनका लागि इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको छन् ।

फरेन्सिक चिकित्सकको टोलीले पनि हत्याको प्रकृतिबारे अनुसन्धान गरेका छन् ।

प्रतिक्रिया





Top