- काठमाडौँ । सरकारले प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिइन् ।
योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।
प्रतिक्रिया