सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका जनप्रतिनिधिहरु आपसमा जनतालाई भिडन्तमा उतार्ने दुष्प्रकृति देखाएका छन्।
गाउँकार्यपालिका पदाधिकारीहरु बीच रहेको आन्तरिक कलहको ढाकछोप गर्न जनता भिडाएको रहस्य खुलेको हो।
दोस्रो पटक उपाध्यक्ष सुजिता कुमारी यादवले गरेको तालाबन्दी खुलाउन अध्यक्ष सतिश सिंहले केहि जनता उतारेर होहल्ला मचाएका छन्।
दुबै पक्षबाट आएका जनताहरुले एकआपसमा गालिगलोज,होहल्ला र जुत्ता चप्पल समेत प्रहार गरेको भिडियो सार्वजनिक भएको छ।
सो भिडियोमा अध्यक्षले प्रत्येक वडाबाट मान्छे गाउँ कार्यपालिकाको कार्यालयमा ल्याउनुपर्ने बताएकाे खुलेको छ। जसकाे निर्देशन मानेर वडा सदस्य मालती देवि सदाले सघाएकि थिइन् ।यसैगरी उपाध्यक्ष पक्षले समेत आफ्नो शक्ति देखाउन महिलाहरुको प्रयोग गरेका छ्न्। दुबै पक्षबाट आएकाहरु आपसमा भिडेका थिए ।
अधिकृतको कार्यकक्षमा लागेको तालाबन्दी खाेल्नु पर्ने अध्यक्ष पक्षको माग रहेको छ भने सूचना नदिएसम्म तालाबन्दी यथावत रहनुपर्ने उपाध्यक्ष पक्षको माग रहेको छ। प्रमुख प्रशासकीय अधिकृतले सूचना नदिएको भन्दै कार्यकक्षमा उपाध्यक्षले तालाबन्दी गरेका हुन् ।
प्रतिक्रिया