प्रादेशिक अस्पतालमा चिकित्सकको लापर्वाही, सुत्केरी महिलाको यसरी भयो मृत्यु

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ८, आईतवार ०७:१७ बजे मा प्रकासित


जनकपुरधाम । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ ।

सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् ।

प्रसव पिडा लागेकी यादवलाई फागुन गत ५ गते अस्पतालमा भर्ना गरिएको थियो । भर्ना पश्चात फानगु ६ गते राती ७ बजे बच्चालाई जन्म दिईन् । बच्चा जन्म भएको ९ घण्टा पश्चात उनको मृत्यु भएको मृतकका जेठाजु सिताराम यादवले बताए ।

सामान्य तरिकाले प्रसुति भएकी यादवको स्वास्थ्य अवस्था सम्बन्धमा डिउटीमा रहेकी नर्स नैनतारा साह र अम्बिका यादवलाई पटक पटक जानकारी गराएपनि कुनै चासो नलिएको सितारामको भनाई छ ।

अस्पतालको प्रसुति सेवामा रहेका चिकित्सक नै डिउटीको समयमा नबस्ने गरेको उनले बताए । मृत्यु पछि मात्र चिकित्सकहरु आएर घटना ढाकछोप गर्न आईसियूमा भर्ना गरेको मृतकका आफन्तले बताएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अस्पतालका चिकित्सकले कुनै लापरवाही नगरेको दावी गरेका छन् ।

प्रतिक्रिया





Top