उत्पीडित समुदायको हक हितकाे लागी लडने एक मात्र पार्टी जसपा : मुख्यमन्त्री राउत

न्यूज डेस्क     २०७८ फाल्गुन ८, आईतवार ०७:३० बजे मा प्रकासित


रौतहट । मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ ।

रौतहटको गुजरा नपा नगरकमिटीले आज गुजरा ६मा आयोजना गरेको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सदियौ देखि शासक वर्ग बाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लडने एक मात्र पार्टी जसपा रहेको दावी गर्नु भयो ।
मधेश विद्रोह अघि शोषित रहेको समुदाय तत्कालिन मधेशी जनअधिकार फोरम र हालको जसपा नेतृत्वकै कारण समान सहभागिता पाउन थालेको बताउनु भयो ।

पुस्तौ देखी ठुला पार्टीका नेता कहलाउनेहरु समेत अहिले मधेश विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफनै पार्टीमा स्थान पाई रहेको बताउनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘मधेश आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागु नभएको भए हाल उहाँहरुको अवस्था के हुन्थ्यो भन्ने सोचेर पनि दया लागि रहेको छ ।’

 

अन्य दलहरु आश्वान दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको प्रदेश २को सरकार व्यवहारमा उतारेर देखाएको दावी गर्नु हँुदै मुख्यमन्त्री राउतले मधेश सरकार जनसंख्याको आधारमा आरक्षणको व्यवस्था, दलित , महिला, मुस्लिम लगायतको समुदायलाई राज्यको मुल धारमा ल्याउन गरेका प्रयासहरु ठोस उदाहरण रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रिय सदस्य एवं राज्य सभा सदस्य मो. खालिद सिद्दिकी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य राम किशोर यादव, केन्द्रिय सदस्य एवं भूमि व्यवसथा कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य अर्जुन थापा, प्रदेश सभा सदस्या अब्बुुल कलाम अजाद फुलवावु , गुजरा नपाका नगर प्रमुख सन्तलाल चौधरी सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

 

कार्यक्रममा काँग्रेस एमाले र माओवादीका दर्जनौ नेता कार्यकर्ता जसपा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत सहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया





Top