नेकपा एमाले मै पिपरा गाउँपालिका बन्दै , लोसपाका उपाध्यक्ष दास ओलि समुहमा प्रवेश

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ८, आईतवार ०८:२९ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमाले समुहमा प्रवेश गरेका छन् । उपाध्यक्ष दास यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा थिए ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेकी नेकपा एमालेका पोलिटब्युरो सदस्य जुलीकुमारी महतो र पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले टीका लगाएर स्वागत गरेका थिए । शनिबार पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष दासको अगुवाइमा तीन सय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

 

सम्मेलनबाट दासको अध्यक्षतामा अखिल नेपाल महिला संघ पिपरा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सीमा महरा, सचिवमा सुवती दास, सहसचिवमा रञ्जिता दास र कोषाध्यक्षमा अम्बिकादेवी झा चयन भएका छन् ।

कार्यक्रममा नेतृ महतोले केपी शर्मा ओली बलियो रहेको प्रमाण प्रधानमन्त्रीको गतिविधिले नै स्पष्ट भएको बताइन् । नेतृ महतोले ओलीविनाको देश र राजनीति असम्भव रहेको बताए ।

प्रतिक्रिया





Top