धनुषा : आधारभुत स्वास्थ्य केन्द्रमा जनप्रतिनिधिकाे छैन मतलब, कसले सुनला गुनासो

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ९, सोमबार १०:२१ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा डाक्टरले घरबाट लाएको पानी पिउँदै छ। गणेशमान चारनाथ नगरपालिकाको राज लाल यादव अध्यक्ष रहेको वडा नम्बर १० फाटक टोल,बरमझियामा अवस्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा दुई डाक्टर र एक सहयोगी रहेको पानी पिउनका लागी कार्यालय सहयोगी घरबाट ल्याएको पानी पिउनु बाध्य परेको डाक्टर दिपेन्द्र कुमार यादवले भन्नुभएको छ।

भवन निर्माण भएको एक बर्षभन्दा बढी भैसकेको छ।सेवा प्रवाह गरिरहेको भवनमा अहिलेसम्म नै कुनै विद्युत लाइनको व्यवस्था छ। नै कुनै पानी पिउने स्रोतको साधन रहेको छ । स्वास्थ्य सेवा केन्द्र आर.सि.सि.ढलान भएको सडकको दक्षिण तर्फ रहे पनि स्वास्थ्य सेवा केन्द्रसम्म आवतजावत गर्नका लागी उचित यातायातको सुबिधा छैन डाक्टर यादवले भने ।

सुबिधाहीन भए पनि स्वास्थ्य केन्द्रमा औषधिहरु प्रयाप्त पाइरहेको हुँदा दिनहु स्थानीयहरु १५ दिन देखि २० जनासम्म आउनेजाने गरेको डाक्टर र कार्यालय सहयोगी दुबैले बताए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट दिने उपचार ,परामर्श र सुझाव ,चेकजाँच हुनुको साथै बेला बेलामा गर्भवती महिला र सुत्केरी महिलाहरुलाई स्वास्थ सेवा केन्द्रबाट पाइने सामग्रीहरु दिदै आइरहेका छन् ।

निर्माण भैसकेको आधारभुत स्वास्थ्य सेवा केन्द्र रङ्गले पोतिएको छ।तर शौचालयको राम्रो व्यवस्था छैन ।भवनमा पंखाको पनि जडान भएको छैन । यति समस्या भए पनि कार्य गरिरहेका छौ। हामी काम छोडेर गयौं भने स्थानीयले मलाई नै नराम्रो भन्लान् कि सोचेर जादिनौ वहाँले भने ।

अध्यक्षलाई सबै समस्या भने पनि आज भोलि हुन्छ बताए ।तर अहिलेसम्म केहि भएको छैन ।डाक्टर र कार्यालय सहयोगी हामी कार्यरत स्वास्थ्य केन्द्रमा छिटोभन्दा छिटो (विद्युत) लाईन,पंखा , पानी पिउने स्रोत र यातायातको उचित व्यवस्था गरिदिन हुन सम्बन्धि निकासवालासँग डाक्टर र कासो दुबैले आग्रह गर्नुभएको छ। यस बिषयमा संक्षिप्त कुराकानी गर्दा वडा अध्यक्ष अहिले भन्न नमिल्ने बाहिर छु बताएका छन ।

प्रतिक्रिया





Top