जनकपुरधाम । मधेस प्रदेशको भौतिक पुर्वधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टिमा भ्युटावर बनाउन लागेको छ ।
मुखियापट्टि मुसहरनिया गाउँपालिका वाडा नम्बर २ स्थित बेलही टोलमा उक्त भ्यु टावर बनाउन लागिएको हो । उक्त भ्यु टावरको उचाई ९० फिट रह्ने मन्त्रालयले जनाएको छ् । मन्त्रालयले उक्त भ्यु टावर ३ वर्ष भित्र बनाउने लक्षय राखेको मन्त्री राम सरोज यादवले जानकारी दिए ।
मन्त्री यादवले भनेञमुलुक कै होँचो ठाउँमा भ्यु टावर बने पछि एक पिकनिक स्पोटको रूपमा स्थापित हुनेछ ।झ उक्त ठाउँमा रहेको एक पोखरीको सौन्दर्य करण गरि त्यसमा नाउँ चलाउने व्यवस्थापन समेत गरिने मन्त्री यादवले जानकारी दिए । सो ठाउँमा बास स्थानको समेत व्यवस्था रहने छ ।
भ्यु टावर र पिकनिक स्पोटको क्षेत्रफल करिब १४ कठ्ठा रह्ने छ । भ्यु टावर निर्माण गर्न करिब ७ करोड रकम लाग्ने मन्त्रालयले जनाएको छ् ।
प्रतिक्रिया