जनकपुरधाम । मधेस प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभा बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ । आज प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ ।
गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया