जनकपुरधाम । धनुषा जिल्लाको ढल्केवरस्थित मनकामना गेष्ट हाउसबाट प्रहरीले एक युगल जोडीलाई पक्राउ गरेको छ ।
मंगलवार मिथिला नगरपालिकावडा नम्बर ६ ढल्केवरस्थित रहेको मनकामना गेष्ट हाउसबाट एक युगल जोडीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
स्थानीयको व्यापक जनगुनासो बढेपछि चेकजाँच गर्ने क्रममा सो गेष्ट हाउसबाट अन्दाजी १८-१९ वर्ष समूहका एक युगल जोडीलाई समातिएका छन ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताएका छन ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुवैजना प्रेमी–प्रमिका रहेको खुलेको छ । ‘दुवैजना प्रहरी नियन्त्रणमा रहेको छ । उनीहरुसँग बयान लिएर हामी अनुसन्धान गर्दैछौं । अहिले उनीहरुको परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । अनुसन्धानको निश्कर्ष अनुसार हामी अघि बढ्छौं,’ प्रहरी निरीक्षक सुवेदीले जनकारी दिएको हाे ।
गेष्टहाउस सञ्चालक सन्तोष दासलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । व्यवसायिक रुपले अबैध यौन धन्दा चलाइरहेको ठहरिए उनीमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।
ढल्केवरका केही होटल सञ्चालकहरुले गेष्ट हाउसको नाममा वेश्यावृत्ति चलाइरहेको स्थानीयको आरोप छ । होटलहरुमा दिनदहाडै अबैध यौन धन्दा चलिरहेको भन्ने स्थानीयको व्यापक जनगुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ ।
प्रतिक्रिया