धनुषा: वडा अध्यक्षकै घरमा वाड कार्यालय संचालन ,कार्यालय सहयोगी सचीवको काम गर्दै

न्यूज डेस्क     २०७८ फाल्गुन ११, बुधबार ०६:२५ बजे मा प्रकासित


धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक वडा अध्यक्षले आफनै घरमा वडा कार्यालय संचालन रहेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष रामदयाल यादव कार्यालयमा कुनै पनि बोर्ड राखेको छैन।कार्यालय जस्तो देख्नु पर्छ त्यो केहि देखिदैन ।

स्थानीय तहमा निर्वाचन भएको जनप्रतिनिधिहरुको कार्यभार सम्हालेको लगभग ५ बर्ष पुग्न आटेको छ।तर गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ मा अहिलेसम्म वडा कार्यालयको कुनै व्यवस्था गरेको छैन ।

स्थानीय भन्छ वडा अध्यक्ष लाई यसबारे केहि मतलब रहेको छैन गुनासो सुनाउदै मुख दुखिए तर सुनिएनन  वडा अध्यक्ष  ।
सो कार्यालयमा सचीवले गर्नुपर्ने धेरै कामहरू कार्यालय सहयोगी (कासो)ले निवेदन ,जन्म दर्ता अन्य लेखेर सचिवलाई सहयोग गर्छ बताए । किन भने एक सचिवले दुई वटा वडामा जाने भएकोले सो कामहरु गर्न बाध्य भएको कार्यालय सहयोगी सजंय कुमार यादवले बताए ।

प्रतिक्रिया





Top