अभिनेता शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी

न्यूज डेस्क     २०७८ फाल्गुन ११, बुधबार १९:४० बजे मा प्रकासित


तनहुँ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ । ती गायिका नाबालिका हुन् ।

प्रतिक्रिया





Top