हँसपुर नगरपालिका कार्यालयमा अधिकृत सरुवा गराएको विरोधमा ताला

न्यूज डेस्क     २०७८ फाल्गुन १२, बिहीबार १६:०२ बजे मा प्रकासित


विजय साह,जनकपुरधाम । धनुषा जिल्लाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीयवासीले तालाबन्दी लगाएका छन् ।

हँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलले फर्जी कागजात तयार गरेर अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बिहिबार बलिराम कापरीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाएका हुन् ।

नगर प्रमुख मण्डलले कार्यालयमा आफू अनुकूलको अधिकृत ल्याउन कार्यपालिकाको फर्जी बैठक राखेर तथा फर्जी कागजात तयार गरेर अधिकृत अधिकारीलाई यहाँबाट सरुवा गराएको स्थानीय युवा कापरीले बताए ।

उनले अधिकृत अधिकारीको स्थानमा यसअघि जिल्ला विकास समिति धनुषामा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दा खेपिसकेका रामभजन यादवलाई यहाँ ल्याउने तयारी गरेपछि त्यसको विरोधमा कार्यालयमा ताला लगाएको जानकारी दिए ।

धमाधम विकासको काम हुनुपर्ने समयमा अनुभवी अधिकृतलाई सरुवा गराएर विकास अवरुद्ध गर्ने कार्यमा स्वयम् नगरप्रमुख मण्डल नै लागेको आरोप समेत कापरीले लगाए ।

यसअधिका अधिकृत अधिकारीलाई मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा काज सरुवा गरी पठाएको उनलेे बताए ।

प्रतिक्रिया





Top