मधेशकेन्द्रित दलको यात्रा, तीन दशकमा १८ पटक फुटे

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १३, शुक्रबार १८:४९ बजे मा प्रकासित



नवीन झा,काठमाडौं। वृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर तमलोपा पुनर्गठनको अभियानमा सामेल भएको घोषणा मंगलबार गरेका छन्। केही समयअघि नेता लालको भतिजा पर्ने रविशंकरलाल कर्णले आफनो नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) निर्वाचन आयोगमा दर्ता गराएका थिए।

सात महीनाअघि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गर्दा लाल ठाकुरका सबैभन्दा दाहिना देखिन्थे। उनले जनकपुरमा पत्रकार सम्मेलन गरी केही समयअघि आफ्नै भतिजाले दर्ता गराएको तमलोपामा सामेल भए। उनीसँगै डा. विजय सिंहसहित दर्जनौँ स्थानीय नेताहरू लालसँगै तमलोपामा लागेका छन्।

केही समयअघि हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। त्रिपाठी पनि कुनै बेला ठाकुरको ‘सेकेण्ड म्यान’ भएर काम गरेका नेता हुन् तर तात्कालीन मधेशी मोर्चा एकीकरण गरी राजपा बन्दा नै त्रिपाठी ठाकुरसँग अलग्गिएका थिए।

०७४ को निर्वाचनमा स्वतन्त्र समूह बनाएर एमालेसँग मिलेर निर्वाचनमा सहभागी भएका त्रिपाठी पश्चिम तराईका नेताहरू समेटेर नयाँ पार्टी गठन गरेका छन्।

यसैगरी केही महीनाअघि मात्रै महोत्तरीका रामकुमार महतोको नेतृत्वमा नेपाल सद्भावना पार्टी पनि निर्वाचन आयोगमा दर्ता भएको छ। तत्कालीन राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको जिल्ला समितिमा सक्रिय एउटा युवकले निर्वाचन आयोगमा दर्ता गराएका थिए। पुराना सद्भावना पृष्ठभूमिकै युवा नेताहरू खोजेर सद्भावना पार्टी दर्ता गरिएको हो।

टुटफुटबाट गुज्रिएको मधेशका राजनीतिक दलहरू ०७० सालपछि एकीकृत हुन थालेका थिए। तिनै दलहरूमा पुन: फुटको श्रृङ्खलामा परिणत हुन थालेको हो।

सात महीनाअघि मात्रै जनता समाजवादी पार्टी (जसपा)मा विवाद भएपछि महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन गरेका थिए। नेता लालसहितको समूह लोसपाबाट अलग भएपछि यो पार्टीले फेरि फुटको मार खेपेको छ। जसपामा पनि पुन: विवाद झाँगिदैगएको छ। पार्टी फुट्ने अड्कलवाजी चलिरहेको छ।

मधेशको क्षेत्रीय आवाज : सद्भावना पार्टी
नेपालमा मधेश राजनीति ००७ सालकै सेरोफोरेमा शुरु भए पनि ०४७ पछि सद्भावनाले संस्थागत रुपमा मधेश राजनीति गरे तर उक्त पार्टी पनि पटक-पटक सताको चलखेलमा फुटको मार खेपे।

दोस्रो जनआन्दोलनपश्चात् शान्तिप्रक्रियासँगै मधेशमा भएको नयाँ राजनीतिक लडाइँहरूले उपेन्द्र यादवलाई केन्द्रीय राजनीतिमा उदय गरायो।

त्यसलगत्तै कांग्रेस परित्याग गरेर महन्थ ठाकुर मधेश राजनीतिमा हाम फाले तर यी नेताहरूले फुटको मार पटक-पटक खेपेपछि एकीरणको राजनीतितिर लागे तर एकीकरणको अभियान छोटो समयमै पछाडि फर्केन थालेको छ।

जसपाका युवा नेता सुरेश मण्डलले भने, “यसका लागि पार्टीहरूको शीर्ष नेतृत्व जिम्मेवार छ।”

“कुनै पार्टीको मात्र अब कुरा गरेर हुँदैन, मधेशमा रहेका सबै शक्तिहरूको नेतृत्वमा एकै नाशको समस्या छ”, मण्डलले भने, “यसले मधेशलाई कमजोर बनाउँछ।”

लोसपाका युवानेता सन्तोष मेहताको बुझाइ पनि जसपा नेता मण्डलजस्तै छ। मेहताले भने, “पार्टीको नेतृत्व यसको प्रमुख जिम्मेवार देखिन्छ।”

नेतृत्वले पार्टीबारेमा खुलेर छलफल मात्रै गर्ने परम्परा शुरु गरिदियो भने फुटको कारणहरूको आधा समस्या आफैँ हल भएर जाने मेहताको भनाइ छ।

पूर्वराजदूत कर्णले मधेशी पार्टीहरूको फुटले निर्वाचनमा मधेशी पक्ष कमजोर हुनुको साथै मधेश आन्दोलनमा लागेकाहरूको मनोबल पनि कमजोर हुने तर्क गर्छन्। “यसले नेतालाई मात्रै कमजोर बनाउदैन”, कर्ण भन्छन्, “मधेशी पार्टीहरू फुटदा मधेशमा आन्दोलनकारी मधेशीहरू पीडित भएको महसुस गर्ने गरेको देखिन्छ।”

शक्तिशाली फोरम र विभाजनकाे श्रृङ्खला
मधेश आन्दोलनसँगै गठन भएको रामचन्द्र पौडेल नेतृत्वको वार्ता समितिसँग ०६४ भदौ १३ गते जनकपुरमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र सरकारबीच २२बुँदे सहमति भयो। तत्कालीन फोरम नेपालका कैयौँ नेताहरू उक्त सहमतिको विरोधमा उभिए र फोरम पहिलो पटक विभाजन हुन पुगे।

त्यही सहमतिमा उपेन्द्र यादव संविद्यानसभामा भाग लिने प्रतिबद्धता व्यक्त गरेका थिए तर फोरम नेपालका कतिपय वरिष्ठ नेताहरूले यादवले तत्कालीन सरकारसँग आर्थिक लेनदेनको आधारमा उक्त सहमति गरेको आरोप लगाएका थिए तर फोरमका उपाध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, जितेन्द्र सोनल, किशोर ‘विश्वास’ लगायतले पार्टी परित्याग गरे। जितेन्द्र सोनल,

 

यसैगरी केही महीनाअघि मात्रै महोत्तरीका रामकुमार महतोको नेतृत्वमा नेपाल सद्भावना पार्टी पनि निर्वाचन आयोगमा दर्ता भएको छ। तत्कालीन राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको जिल्ला समितिमा सक्रिय एउटा युवकले निर्वाचन आयोगमा दर्ता गराएका थिए। पुराना सद्भावना पृष्ठभूमिकै युवा नेताहरू खोजेर सद्भावना पार्टी दर्ता गरिएको हो।

टुटफुटबाट गुज्रिएको मधेशका राजनीतिक दलहरू ०७० सालपछि एकीकृत हुन थालेका थिए। तिनै दलहरूमा पुन: फुटको श्रृङ्खलामा परिणत हुन थालेको हो।

सात महीनाअघि मात्रै जनता समाजवादी पार्टी (जसपा)मा विवाद भएपछि महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन गरेका थिए। नेता लालसहितको समूह लोसपाबाट अलग भएपछि यो पार्टीले फेरि फुटको मार खेपेको छ। जसपामा पनि पुन: विवाद झाँगिदैगएको छ। पार्टी फुट्ने अड्कलवाजी चलिरहेको छ।

मधेशको क्षेत्रीय आवाज : सद्भावना पार्टी
नेपालमा मधेश राजनीति ००७ सालकै सेरोफोरेमा शुरु भए पनि ०४७ पछि सद्भावनाले संस्थागत रुपमा मधेश राजनीति गरे तर उक्त पार्टी पनि पटक-पटक सताको चलखेलमा फुटको मार खेपे।

दोस्रो जनआन्दोलनपश्चात् शान्तिप्रक्रियासँगै मधेशमा भएको नयाँ राजनीतिक लडाइँहरूले उपेन्द्र यादवलाई केन्द्रीय राजनीतिमा उदय गरायो।

त्यसलगत्तै कांग्रेस परित्याग गरेर महन्थ ठाकुर मधेश राजनीतिमा हाम फाले तर यी नेताहरूले फुटको मार पटक-पटक खेपेपछि एकीरणको राजनीतितिर लागे तर एकीकरणको अभियान छोटो समयमै पछाडि फर्केन थालेको छ।

जसपाका युवा नेता सुरेश मण्डलले भने, “यसका लागि पार्टीहरूको शीर्ष नेतृत्व जिम्मेवार छ।”

“कुनै पार्टीको मात्र अब कुरा गरेर हुँदैन, मधेशमा रहेका सबै शक्तिहरूको नेतृत्वमा एकै नाशको समस्या छ”, मण्डलले भने, “यसले मधेशलाई कमजोर बनाउँछ।”

लोसपाका युवानेता सन्तोष मेहताको बुझाइ पनि जसपा नेता मण्डलजस्तै छ। मेहताले भने, “पार्टीको नेतृत्व यसको प्रमुख जिम्मेवार देखिन्छ।”

नेतृत्वले पार्टीबारेमा खुलेर छलफल मात्रै गर्ने परम्परा शुरु गरिदियो भने फुटको कारणहरूको आधा समस्या आफैँ हल भएर जाने मेहताको भनाइ छ।

पूर्वराजदूत कर्णले मधेशी पार्टीहरूको फुटले निर्वाचनमा मधेशी पक्ष कमजोर हुनुको साथै मधेश आन्दोलनमा लागेकाहरूको मनोबल पनि कमजोर हुने तर्क गर्छन्। “यसले नेतालाई मात्रै कमजोर बनाउदैन”, कर्ण भन्छन्, “मधेशी पार्टीहरू फुटदा मधेशमा आन्दोलनकारी मधेशीहरू पीडित भएको महसुस गर्ने गरेको देखिन्छ।”

शक्तिशाली फोरम र विभाजनकाे श्रृङ्खला
मधेश आन्दोलनसँगै गठन भएको रामचन्द्र पौडेल नेतृत्वको वार्ता समितिसँग ०६४ भदौ १३ गते जनकपुरमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र सरकारबीच २२बुँदे सहमति भयो। तत्कालीन फोरम नेपालका कैयौँ नेताहरू उक्त सहमतिको विरोधमा उभिए र फोरम पहिलो पटक विभाजन हुन पुगे।

त्यही सहमतिमा उपेन्द्र यादव संविद्यानसभामा भाग लिने प्रतिबद्धता व्यक्त गरेका थिए तर फोरम नेपालका कतिपय वरिष्ठ नेताहरूले यादवले तत्कालीन सरकारसँग आर्थिक लेनदेनको आधारमा उक्त सहमति गरेको आरोप लगाएका थिए तर फोरमका उपाध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, जितेन्द्र सोनल, किशोर ‘विश्वास’ लगायतले पार्टी परित्याग गरे। जितेन्द्र सोनल, राम कुमार शर्मापछि तराई-मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरे भने गुप्ता लगायतले ‘मधेशी जनअधिकार फोरम, मधेश’ नामक छुट्टै पार्टी गठन गरे।
पार्टी राजनीतिको मूलधारमा समाहित नहुँदै यसरी छोटो अवधिमै फुटको मार खेप्न पुगेको फोरम नेपाल पहिलो संविद्यानसभामा ५२ सिट हासिल गर्दै सदनको चौथौ शक्तिको रुपमा उदायो तर त्यो शक्तिलाई उपेन्द्र यादवले एकत्रित राख्न सकेनन्।

पहिलो संविधानको कार्यकालकै शुरुमै विरगञ्जमा महाधिवेशन गर्न जाँदा फोरमले दोस्रो फुट व्यहोर्नुपर्‍यो।

पहिलो संविधानसभाको पूर्वसन्ध्यामा कांग्रेस छाडेर गएका विजय गच्छदार, राप्रपाबाट गएकी रेणु यादवहरू हाबी देखिएपछि शुरुका दिनमा फोरमको संगठन निर्माणमा काम गरेका अमर यादव लगायत केही नेताहरू फोरमबाट बाहिरिन पुगे।

माधव नेपालको सरकार बन्दा फोरमले ठूलो धक्का खायो। जति बेला सरकारमा कसको नेतृत्वमा सहभागी हुने विषयमा फोरमभित्र विवाद चुलिएको थियो। पार्टीका वरिष्ठ नेता एवम् संसदीय दलका नेता विजय गच्छदारले झण्डै आधा सभासद् तथा केन्द्रीय सदस्यहरू लिएर आफ्नो नेतृत्वमा छुट्टै फोरम (लोकतान्त्रिक) को घोषणा गरे। माधव नेपालको सरकारमा उपप्रधानमन्त्री एवम् भौतिक योजनामन्त्री भए।

त्यसपछि सानो आकारमा झरेको उपेन्द्र यादव नेतृत्वको फोरम फेरि पनि स्थिर रहन सकेन। जयप्रकाश गुप्ता बाँकी सांसद्को आधा जति सभासद् तथा केन्द्रीय सदस्यलाई लिएर पुन: निस्कन पुगे र उपेन्द्र यादव सबैभन्दा सानो फोरम समूहको् नेता बन्न पुगे।

 

परिणामस्वरुप दोस्रो संविधानसभामा उपेन्द्र यादव नेतृत्वको तात्कालीन फोरम नेपाल प्रत्यक्षतर्फ दुई सीटमा मात्रै जीत हात पारेको छ।

तमलोपामा पनि फुटमाथि फुट
पहिलो मधेश आन्दोलनमा कांग्रेसका तर्फबाट आन्दोलनकारीसँग वार्ता गर्न सभापति गिरिजाप्रसाद कोइरालाले खटाएका व्यक्ति हुन्- महन्थ ठाकुर। उनै ठाकुरले ०६४ मंसीर २४ गते नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरे र १३ पुस ०६४ मा तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापना गरे।

सरकार-फोरमबीच भएको २२बुँदे जनकपुर सम्झौताको मधेशमै विरोध भइरहेको बेला ठाकुरले तमलोपा गठन गरेका थिए। तत्कालीन फोरमका धेरै नेता-कार्यकर्ताहरूको समर्थन पनि पाए।
कांग्रेस छाडेर बेग्लै दल गठन गर्ने ठाकुरसँग कांग्रेस र एमालेसहित अन्य प्रमुख पार्टीहरूका तत्कालीन सबै प्रमुख मधेशी नेताहरू थिए।

उता सद्भावनाबाट अलग भएका हृदेश त्रिपाठी र फोरमको पनि ठूलै जमातको साथ पायो ठाकुरले। तर, पछि महेन्द्र यादव मन्त्री बन्ने किचलोकै कारण तमलोपा विभजन गरे। तमलोपा पनि एकपटक फुटको पीडा खेप्न गयो।

फुट्दा फुट्दै सकियो सद्भावना
०४६ सालमा प्रजातन्त्र आएसँगै मधेशीहरूको नागरिकताको सवालमा काठमाडौंमा विरोध र्‌याली गरेर चर्चा कमाएका सद्भावना पार्टी पहिलो निर्वाचन ०४७ मा ६ सीट हाथ पारेका थिए।

प्रतिनिधिसभाको कुल सीट २०५ मध्ये ६ सीटमा एउटा सप्तरीबाट र अरु नवलपरासी, रुपन्देही र कपिलवस्तुबाट जितेका थिए सदभावनाले। सप्तरीबाट अध्यक्ष गजेन्द्रनारायण सिंह जितेका थिए।

त्यसलगत्तै भएको स्थानीय निर्वाचनमा सद्भावना पार्टीले सप्तरीको राजविराज नगरपालिकाको मेयरसहित सबै पदहरू हत्याएका थिए तर त्यसपछि भएको दोस्रो प्रतिनिधिसभाको चुनावमा सदभावनाले जम्मा ३ सिट जित्यो। कारण थियो- निर्वाचनपूर्व नै सद्भावनाभित्र बिग्रह देखियो र अन्तोगत्वा विभाजन हुन पुग्यो- सद्भावना पार्टी। विभाजनको कारण थियो- सद्भावनाले राष्ट्रियसभामा मनोनितमा पाएको १ सिटको मनोयन।

सिंहले राष्ट्रियसभामा रामेश्वर यादवलाई मनोनित गरेपछि रामजनम तिवारीको नेतृत्वमा नेपाल सद्भावना पार्टी आर गठन गरियो। त्यही फुटको असरले होला- दोस्रो प्रतिनिधिसभा निर्वाचनमा सद्भावना पार्टी ३ सिटमा खुम्चियो तर त्यो फुटले पनि नेताहरूमा चेत आएन। बरु निर्वाचनलगत्तै फेरि सद्भावना फुट्यो।

दोस्रो प्रतिनिधिसभाको निर्वाचनलगत्तै सार्वजनिक लेखासमितिको सभापति बन्ने दाउमा हृदयेश त्रिपाठीले रामेश्वर रायको अगुवाइ गरेर सद्भावना पार्टी विभाजन गरे। फुटलगत्तै त्रिपाठी सार्वजनिक लेखा समितिको सभापति भए। नेपाल समाजवादी दल नाम दिएको उक्त पार्टीको अध्यक्ष रामेश्वर राय यादव भए। त्रिपाठी महासचिव र प्रवक्ता राजेन्द्र महतो बने।

दोस्रो प्रतिनिधिसभाको अन्त्यतिर फेरि आउँदाआउँदै त्रिपाठीसहित उक्त समूह गजेन्द्रनारायण सिंहसँग पार्टी एकीकरण गरेर सद्भावनामै फर्किएको देखिन्छ।

०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा सद्भावना पार्टीले फेरि पाँच सीट जित्यो। त्यसपछि सदभावना पार्टी लगातार आरालो लागेको देखिन्छ।

०५८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई ‘अक्षम’ भन्दै अपदस्थ गरी सूर्यबहादुर थापालाई प्रधानमन्त्री घोषणा गरे। शाहले शक्ति हत्याएको ‘असोज १८’ कदमको केही महीना नबित्दै गजेन्द्र नारायण सिंहको निधन भयो- ०५८ माघ १० गते। सिंहको निधनपश्चात् बद्री मण्डलले राजाको कदमको स्वागत गरे। भरतविमल यादवहरू आन्दोलनरत ‘सात दल’ भित्र सामेल भएका थिए।

बद्री मण्डल राजाको तत्कालीन कदमको स्वागत गरेर गृहमन्त्री भएपछि सद्भावना पार्टीमा विवाद चुलियो। महाधिवेशन राजविराजमा डाकियो।

०५९ सालको राजविराज महाधिवेशनले गजेन्द्रनारायण सिंहकी धर्मपत्नी आन्नदीदेवी सिंहलाई सद्भावनाको अध्यक्ष बनाउँदै सात दलीय आन्दोलनमा होमिने निर्णय गरियो। त्यही महाधिवेशन स्थलबाटै बद्री मण्डल पार्टीबाट अलग भएर छुट्टै सद्भावना पार्टीको गठन गरे।

दोस्रो जनआन्दोलनपश्चात् त सदभावना पार्टीको अधिकारिताको लडाइँमा अपहरणदेखि अदालतसम्मको हलचल रडाको नै मच्चिएको थियो। पहिलो संविधानसभाको अन्त्यसम्म आइपुग्दा राजेन्द्र महतो, रामनरेश राय, सरिता गिरी, विकास तिवारी, भाष्कर गुप्ता र अनिल झाको नेतृत्वमा गरी ६ वटा सद्भावना पार्टी देखिन्थे।

सत्ताको खेल फुटने, एजेण्डामा अघि बढ्दा एकीकरण
०६३ को अन्तरिम संविधानमा संघीयता नराखेको भन्दै मधेशमा शुरु भएको आन्दोलनले मधेशी राजनीतिलाई काठमाडौंमा ‘स्पेश’ ह्वात्तै बढाइदिएको थियो। जसको परिणामस्वरुप पहिलो संविधासभामा मधेशी पार्टीको बलियो उपस्थिति थियो तर फुटकै कारण दोस्रो संविधानसभामा मधेश केन्द्रित पार्टीहरू सानो समूहमा समिति हुन पुगे।

त्यसपछि एकीकरणको दौडमा अघि बढेको मधेशी पार्टी एक दशक पनि यसलाई टिकाउन सकेन। अघिल्लो निर्वाचनमा एकताकै कारण मधेशी शक्तिहरूले राम्रो नतिजा ल्याएको थियो।

मधेश मामिलाका जानकार पूर्वराजदूत विजयकान्त कर्णले मधेशी शक्तिहरू सत्ताको खेलमा फस्दा फुटने र मुद्दामा अघि बढ्दा एकीकरण हुने गरेको बताउँछन्।”मधेशी पार्टीहरूको एकीकरण र फुटको समीक्षा गर्दा प्रष्ट देखिन्छ”, कर्णले भने, “मुद्दा, सत्ता र पार्टी नेतृत्वको व्यवहार योसँग जोडिएर आउँछ।”

कर्ण त्यससँगै काठमाडौको स्थायी सत्ता नेपालमा मधेश राजनीति एकीकृत र बलियो नहोस् भन्ने चाहेको पनि आरोप लगाए। “मधेशमा वैचारिक धरातलको आधारमा दुई ओटा पोलमा एकीकरण अघि बढेको थियो, जसको एउटा पक्ष उपेन्द्र यादव थिए भने अर्को महन्थ ठाकुर”, कर्णले भने, “तर तत्कालीन केपी ओली नेतृत्वको सरकार उपेन्द्र यादवको पार्टी फोर्ने अभ्यासमा देखिए।”

मधेश मामिलाका अर्का जानकार तुलानारायण साहले नेपालमा सबै पार्टीहरूको निर्माण प्रक्रियामै समस्या रहेको भन्दै मधेशी पार्टीहरू पनि त्यसकै शिकार रहेको जिकिर गरे। “नेपालमा एजेन्डाभन्दा पनि नेताहरूको व्यवस्थापनका कारण पार्टी फुट्ने गरेको छ”, साह भन्छन्, “नेकपादेखि एमाले, माओवादी हुँदै मधेशी पार्टीहरूको फुटको पनि अन्तर्य यही नै हो।”नेपाल भ्यूज

प्रतिक्रिया





Top