जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट बच्चा चोरी भएपछि बच्चालाई सकुशल उद्धार गर्ने इन्सपेक्टर महिनाकै उत्कृष्ट प्रहरीको रुपमा आज समानित भएका हाे ।
गत माघ २६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का मोहमद आमिर राईनका ७ महिनाको छोरालाई चोरी गरेर फरार भएको घटनामा छानविन गरी बच्चालाई सकुशल उद्धार गर्ने प्रहरी निरीक्षकलाई माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।प्रहरी निरीक्षक विक्रम साह माघ महिनाकै उत्कृष्ट प्रहरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी निरीक्षक साहले बच्चा चोरी भएको घटनामा बच्चा खोजतलाश गर्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाकी ३४ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेवश्वरकी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ का कृष्ण कुमार यादबलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
त्यस्तै जानकी मन्दिर आएको बेला हराएकी ६ वर्षीया बालिका, सिरहाको बरियारपट्टी नगरपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपाल बस्दै आएकी दिपिका दासको ५ वर्षीय छोरा हराएपछि तिनीहरुलाई फरक फरक स्थानबाट सकुशल उद्धार गरेका थिए ।
प्रहरी निरीक्षक साह प्रहरी प्रति सकारात्मक सन्देश दिन सफल भई आफ्नो पदीय दायित्व कुशल, ईमान्दारीपुर्वक पुरा गरेकोले उक्त कार्य र व्यवसायिकताको उच्च मुल्याङ्कन गर्दै माघ महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
त्यस्तै बच्चा चोरी भएकै घटनामा प्रहरी निरीक्षक साहलाई सहयोग गर्ने प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुमार साह र प्रहरी जवान अक्लेश कुमार रामलवाई कदर पत्र सहित पुरुष्कृत गरिएको हो ।
प्रतिक्रिया