जनकपुरधाम । धनुषा जिल्लाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीय बलिराम कापर लगायतले लगाएको ताला पाँच बुँदे सहमति पश्चात खोलिएको छ । शुक्रबार हँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डललगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु वीच विगत चार वर्षसम्म गरिएका विभिन्न विकास निर्माणलगायतका सूचना पारदर्शी गर्ने र आधिकारीक कर्मचारीको चिठी उपलब्ध गराउनेसहित पाँच बुँदे सहमति भएसंगै ताल्चा खोलिएको हो ।
हँसपुर नगरपालिकाको कार्यालयको आधिकारीक कर्मचारीको चिठी उपलब्ध गराउने, नगरपालिकाको विवादमा पुनः नफस्ने प्रतिबद्धता, नगरपालिकाको सम्पूर्ण आय व्यय पहिलो वर्ष देखि चौथो वर्षको सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने, चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत योजनाहरु प्रमाणित प्रतिलिपि उपलब्ध गराउने, हालसम्म गाडीको विवरण र अवस्था तथा सात दिन भित्र गाडीहरु बुझबुझारथ गरिनुपर्ने सहितका बुँदाहरुमा जनप्रतिनिधि र राजनीतिक दल वीच सहमति भएको छ ।
हंसपुर नगरपालिकाको कार्यपालिकामा अधिकृत केशव अधिकारीलाई गुपचुपरुपमा सरुवा गर्न लगाएको भन्दै नगर प्रमुख रामज्ञान मण्डलको विरोधमा तालाबन्दी भएको थियो ।
प्रतिक्रिया