रौतहट काण्ड दोहोरियो ‘बारा’ प्रहरीद्वारा समाचार लेखेकै आधारमा पत्रकार यादव पक्राउ

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १४, शनिबार २०:१३ बजे मा प्रकासित


जनकपुरधाम । पर्साका एक सँचारकर्मीलाई प्रहरीले पक्राउ गरिएको छ । पर्सा जिल्लाका पत्रकार धर्मेन्द्र प्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार नै पक्राउ गरिएको जनाइएको छ ।

सीमा क्षेत्रमा प्रहरीकै मिलोमत्तोमा कपडा, भैँसीको अवैद्य तस्करी भएको समाचार निरन्तर लेख्दै आएका पत्रकार यादवलाई प्रहरी नै सुनुयोजित तवरले फँसाएर पक्राउ गरेको आरोप लगाइएको छ ।

तस्करसँग प्रहरीको सेटिँगमा सीमा क्षेत्रमा कपडा र भैँसीको तस्करी तथा भन्सार छली भएको बारेमा निरन्तर समाचार लेख्दै आएका पत्रकार यादवलाई रौतहटकै घटनाजस्तै प्रहरीले नै फँसाएको आरोप उनका परिवारजनले लगाएको छ ।

केही महिनाअघि तस्करका मतियार पत्रकार र प्रहरीको मिलेमतोमा रौतहट एक्सप्रेसका संचालक मज्बुल्लाह अंसारीलाई लागूऔषध कारोबारमा प्रहरीकै घुमुवाले नै लागुऔषध राखेर फँसाएको घटना नजिर भएको बेला बारामा पत्रकार पक्राउ पर्नुले प्रहरीले योजना बनाएर फँसाएको आरोप लगाइएको छ ।

बाराको सिमाक्षेत्रमा दिनहुँ कपडा र भैसीको तस्करी भैरहेको सूचना स्थानीय जनताबाट प्राप्त हुँदा पर्साका पत्रकारको टोलीले बाराको सिमा क्षेत्रमा रिपोर्टिङमा पुगेको थियो ।

स्थानीयको सूचना आनुसार बाराको छतवा बरैनिया, नकातुवा र प्रसौनीको बाटो भई भैंसी र कपडाको तस्करी दिनहुँ भइरहेको खुलासा भएको थियो ।

२०७८ माघ २४ गते करिब राति ११ बजे बाराको छतवा बरैनिया, नकातुवा र प्रसौनीको बाटो भई परवानीपुर लैजाने क्रममा प्रसौनीको पतंजली आयुर्बेदनिर भारतबाट आबैध रुपमा भैँसी ल्याएको बारेमा समाचार प्रकाशित गरेको थियो ।

अवैध रुपमा भारतबाट भैंसी ल्याइएकोबारेको सूचना पत्रकारहरुको टोलीले प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवलाई दिएका थिए ।

पत्रकारको टोलीबाट पाएको सूचनाको आधारमा प्रसौनी ईलाका प्रहरी कार्यालयका प्रनि यादवको नेतृत्व खटिएको टोलीले ७ वटा राँगा भैंसी नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय प्रसौनीले नियन्त्रणमा लिएका ७ वटा राँगा भैंसीलाई भन्सार कार्यालय पर्सामा बुझाएको थियो ।

गत २०७८ माघ २४ गते राति भएको घटनाको अर्को दिन प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवले पत्रकार धर्मेन्द्र यादवलाई पटक पटक टेलिफोन सम्पर्क गरी आफ्नो कार्यालयमा बोलाएका थिए ।

पत्रकार यादवले प्रहरी निरीक्षक यादवसँग किन बोलाउनु भएको भनी सोध्दा,म माथि माथिलो निकायको दबाव छ, तस्करीको न्यूज नलेख्नु होला भनी सम्झाइ बुझाइ आफ्नो कार्यालयबाट पठाएको प्रतिक्रिया पत्रकार यादवको रहेको छ ।

तस्करसँगको प्रहरीको सेटिँगमा पत्रकार यादवले निरन्तर समाचार प्रकाशित गरेपछि तस्करहरुले योजना बनाएर प्रहरीको सहयोगमा नै फँसाएको आरोप लगाइएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपीले पत्रकार यादवमाथि ठगी मुद्दामा जाहेरी परेको भन्दै जाहेरीकै आधारमा पक्राउ गरिएको प्रतिक्रिया दिए ।

एक जनाले पत्रकार यादवमाथि ठगीको आरोप सहित जाहेरी दिएको भन्दै अनुसन्धानको लागि मात्र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जाहेरी कसले र कुन आधारमा दिएको भन्नेबारे व्यस्तता जनाउँदै प्रहरीले पछि मात्र जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया





Top