बारा । बाराको प्रसौनि बाट भैसी र कपडा को तस्करी चाही अझ रोकिएको छैन । बारा को छतवा बरैनिया, नकटुवा र प्रसौनी अहिले तस्करहरुको मुख्य बाटो बनेको छ्र दिनहु भईरहेको तसकरी बारे २०७८ माघ १० गते का दिन स्थानीयहरु बाट पाएको सुचनाको आधारमा पर्साका पत्रकारको टोली बाराको सिमा नाका क्षेत्रमा पुग्दा कपडा र भैसीको तस्करी बारे भिडीयो प्रमाण सहित खुलासा भएको थियो ।
त्यही दिन राती करिब ११:०० बजे भारत बाट अबैध रुपमा लेयाउदै गरेको सात वटा भैसी प्रसौनीको पतंजली आयुर्वेद निर देख्दा सो को सुचना पत्रकारको टोलिले प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देशवर यादव लाई दिएका थिए । पत्रकार टोली को सुचना को आधारमा प्रहरी निरीक्षक बिन्देशवर यादव को टोलीले अबैध रुपमा भारत बाट तस्करी गरी लाइएको को सात वटा रंगा भैसी लाई निरन्त्रण मा लिएको थियो ।
तर चाही अहिले सम्म अबैध भैसीको कारोबार रोकिए को छैन, केहि दिन अघि भैसी को तस्करी रातिमा भैरहेको थियो भने अहिले चाही दिनमा खुलेयाम भैएरहेको छ । छतवा बरैनिया का सन्तोष र उनका साथी ले केहि दिन अघि भैसीको तसकरी रातिमा गर्थे तर अहिले दिनमा खुलेयाम गरिरहेका छन् । तस्कर सन्तोष र उनका साथी हरु दिनहु दर्जनौ भैसीहरु बाराको नकाटुवा र प्रसौनी को बाटो भई परवानीपुर सम्म पुर्याउदै गरेका छन् ।
यसरी खुलेयाम दिन मा भईरहेको तस्करीको सुचना स्थानीय बाट पाउदा आज फेरी पर्साका पत्रकारको टोली स्थलगत पुगी निरिक्षण गर्दा भैसीको तस्करी खुलेयाम दिनमा भैईरहेको भिडियो प्रमाण सहित खुलासा भएको छ ।तस्करीको दर्जनौ भैसीहरु सन्तोष को हो प्रमाण सहित खुलासा भएको छ । तस्कर सन्तोष ले मजदुर राखी प्रति भैसी १ हजार को दर ले दिएर बाराको सिमावर्ति क्षेत्र छतवा बरैनिया बाट नकटुवा र प्रसौनी को बाटो भई परवानीपुर सम्म पठाउदै गरेका छन् । तस्कर सन्तोष र उनका साथीले दिनहु दर्जनौ भैसी को तस्करी गरीरहेको समाचार पटक पटक पत्र पत्रिका र सोसल मिडिया अनलाईन मार्फत सार्बजनिक हुदै आएको छ ।
तस्करको हो र कुन बेला कसरी तस्करी गरीरहेको छ, प्रसाशन लाई जानकारी भए पनी प्रसाशन चुप लागेर बसेको छ । यसरी दिनहु भइरहेको तस्करी बारे जानकारी भए पनी आखीर किन प्रसाशन कानमा तेल हालेर बसेको छ ? प्रसाशन लाई यो तस्करी बाट के फाईदा छ ? तस्कर सन्तोष र उनका साथी बाट प्रसाशन ले मोटो रकम लिएको छ कि ? प्रसाशनको यो गति बिधि हेरी यो लागि रहेको छ, कि तल निकाय देखि माथिलो निकाय सम्म नेपाल प्रहरी र शस्त्र प्रहरीको मिलोमतोमा तस्कर सन्तोष र उनका साथी भैसी को तस्कारी गर्दै छन् ।
भैसी तस्करी बारे पटक-पटक स्थानीय बाट आएको सुचना को आधारमा पत्रकारको टोली स्थलगत पुगी निरिक्षण गर्दा हरेक पटक तस्करी को भैसी सन्तोष को हो र छतवा बरैनिया बाट प्रसौनी को बाटो भई परवानीपुर सम्म पुर्याउदै गरेको खुलासा भएको छ । तस्कर सन्तोष र उनका साथी ले गरिरहेको दिनहु दर्जनौ भैसीको तस्करी भिडियो प्रमाण सहित खुलासा भएको छ ।
भिडिया हेर्नको लागि यहाँ क्लिक गर्नुहोस
https://youtu.be/xWLf0-Thd2Y
प्रतिक्रिया