जनकपुरधाम । हत्या गरेको आरोपमा पर्सा प्रहरीले एक जानालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा बिरगंज महानगरपालिका वडा नम्बर ८ का ३४ बर्षिय दीपक कुमार महरा रहेका छन ।
बारा जिल्लाको फेटा गाऊपालिका वडा नम्बर ४ का ४६ बर्षिय प्रेमचन्द्र महराको हत्या गरेको आरोपमा दीपक कुमार महरालाई पक्राऊ गरिएको पर्सा प्रहरीले जनाएको छ । प्रेमचन्द्र महराको बिरगंज महानगरपालिका वडा नम्बर १६ फूलवरिया टोलस्थित गाईगोठमा शुक्रबार हत्या भएको थियो । प्रेमचन्द्र महराको गर्धन र टाउको पछाडी भागमा खुकुरी प्रहार भएको अवस्थामा शव फेला परेको थियो ।
दीपक कुमार महरालाई शुक्रबार राती नै पक्राऊ गरिएको पर्सा प्रहरीले जनाएको छ । घटनाको कारणबारे अनुसंधान भईरहेको पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताएका छन ।
प्रतिक्रिया