एमसीसी अनुमोदन पछि सभामुख सापकोटाको झुन्डिने पालो !

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १५, आईतवार २१:५९ बजे मा प्रकासित


काठमाडौँ । प्रतिनिधिसभामा आज एमसीसी अनुमोदन भएको छ । यो सँगै सभामुख अग्निप्रसाद सापकोटाले यस अघि एमसीसी बारे दिएको एउटा अभिव्यक्ति फेरी चर्चामा आएको छ ।

सभामुख सापकोटाले केही समय अघि ‘एमसीसी प्रस्ताव गर्नुपरे बरू अाफु झुण्डिन तयार हुने तर पेश नगर्ने अभिव्यक्ति दिएका थिए। काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सभामुख सापकोटाले उक्त अभिव्यक्ति दिएका हुन् ।

आफुले दिएको अभिव्यक्ति एक महिना पनि टिक्न नपाउंदै सभामुख सापकोटाले एमसीसी अनुमोदन गराएसँगै सामाजिक संजालमा उनको विरोध सुरु भएको छ ।

कितपयले सभामुख सापकाेटा माओवादी अध्यक्ष प्रचण्डको झोले कार्यकर्ता भन्दा ठुलो हुन नसकेको भन्दै के अब यी मनुवा झुण्डिएलान त भनेर प्रश्न गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु’ भन्ने खलनायकले अब के गर्लान भन्दै कडा कटाक्ष गर्नु भएको छ ।

अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन – सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलैर अप्ठ्यारै गरी बसिरहने ! अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने ! ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने !

वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार ! वाह रे त्यसका भक्तजन र अनुयायीहरू !! केहि समय अगाडी पोखरेलको टिप्पणी गर्नुभएको छ ।खबरवानी

प्रतिक्रिया





Top