नेकपा एमाले सबैला नगर कमिटि अध्यक्षमा यादवलाई सर्वसम्मत चयन

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १६, सोमबार ०६:२९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको एमाले नगर कमिटि अध्यक्षमा जगदिश यादव निर्वाचित भएका छन् । नगरपालिकाको सबैलामा आयोजित नगर अघिवेशनले यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

एमालेका स्व. नेता योगनारायण यादवकी धर्मपत्नी तथा एमाले नेतृ सविता यादवले सबैलाले सर्वसम्मत पार्टी अध्यक्ष पाएकोमा खुसी व्यक्त गर्दै पार्टी जिताउन सवै लाग्नु पर्ने बताएकी छन् । नगर कमिटिले सर्वसम्मत नेतृत्व पाउँदा सकारात्मक सन्देश गएको भन्दै उनले पार्टी एक ढिक्का भएर अगाडि बढने बताइन ।

प्रतिक्रिया





Top