जनता समाजवादी पार्टीका १४ जना निष्कासित

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १६, सोमबार ०६:४२ बजे मा प्रकासित


काठमाडौं । जनता समाजवादी पार्टीले १४ नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेको छ ।

सो पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासनको घोषणा गरेको हो।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।

उनीहरू केही दिन अघि नै एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया





Top