अमरेस कुमार पाण्डेय,बारा । देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले वडा नं.३ अमवा टोलमा रु. २५ लाखको लगतमा वडा कार्यालय भवन र ५ लाखको लागतमा पार्वती माताको मन्दिर निर्माण गर्न सोमबार शिलान्यास गरेका छन्।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सिंहले आन्तरिक स्रोत नभएको गाउँपालिकामा आफु निर्वाचित भएदेखि नै जनताको चाहना अनुसार बिकास गर्न लागि परेको बताएका छन। देवताल गाउँपालिकाको जनताले मलाई गाउँपालिकाको जिम्मेवारी दिएकोले आफु गाउँपालिका को बिकासमा दिनरात लागि परेको बताएका छन्। अहिले सम्म गरेको बिकास प्रयाप्त भएको छ देबताल गाँउपालिकालाई मेरो कार्यकालमा मधेश प्रदेशको नमुना पालिका बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन्।
साथै आउने दिनमा यहाँको जनता उपचारको लागि बिरगंज ,काठमाडौं वा छिमेकी मुलुक भारत तर्फ जान नपरोस भनि अस्पाताल, स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर निर्माण गरेको तथा निर्माण सम्पन्न हुन लागेको बताएका छन्। बालबालिकाहरुको उच्च शिक्षा हासिल गर्न शिक्षा क्षेत्रमा र भक्तजनको को लागि मठ मन्दिर मस्जिद प्रति ध्यान दिदै बाटोको समस्या समेत समाधान गरीएको गाउँपालिका अध्यक्ष सिंहले बताएका छन्।
देवताल गाउँपालिकाको अध्यक्ष चन्दन कुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहको सहकार्यमा गाउँपालिका भित्र बिकास को लहर छाएको भनि स्थानिय यूवा नेता रामनाथ चौधरीले बताएका छन्। देवताल गाउँपालिकाको अध्यक्ष सिँह र प्रमुख प्रशासकीय अधिकृत साहले गर्दा हरेक वडामा मठ मन्दिर , मस्जिद शिक्षा , स्वास्थ्य र बर्थिङ्ग सेन्टर , १५ सैयाको होस्पिटल प्राथमिकतामा राखेर काम गर्नु भएको छ । त्यस्तै बाराको सदरमुकाम कलैयाबाट देवताल गाउँपालिका पुग्ने पसाहा खोलामा झुलङ्गे पुल , समाजिक सुरक्षा भत्ताको लिन आउने बृद्धबृद्धाकोलागि बैंकसम्म पुग्न निशुल्क बस सँचालन गराएको समेत पिडितले जानकारी दिएका छन्।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहले मेरो कार्यकालमा बिभिन्न किसिमका बाधा अवरोध उत्पन्न भएपनि गाउँपालिका को बिकासमा पछि नपरेको तथा गाउँपालिका अध्यक्ष सिँहले सहयोग गरेको बताएका छन।सिँह जस्तो पालिका प्रमुखसँग काम गर्न मौका पाएकोले नै यस गाउँपालिकाको लागि केहि गर्न सकेको बताएका छन्। म यस गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत पदमा जहिले सम्म रहे गाउँपालिकाको हितमा काम गरीराख्ने समेत साहले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा देवताल गाउँपालिकाको योजना प्रमुख अभिनन्दन गुप्ता , , ,लोसपाको यूवा नेता श्यामसुन्दर साह , अबास असारी, शिवर्दन ,लगायत सम्पूर्ण वडाको जनताको सहभागिता रहेको थियो।
प्रतिक्रिया