धनुषा : प्रहरीले डेढ महिनामा ९ वटा वालविवाह रोके

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १७, मंगलवार ०६:०२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको प्रहरीले बताएको हो ।

 

धनुषाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा भएको उनको भनाइ छ ।

बस्नेतले भने, ‘बालविवाह हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटाएर अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूहलगायतका व्यक्तिहरूसँगको समन्वयमा बाल विवाह हुनबाट रोकेका हौँ ।’

प्रतिक्रिया





Top