सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित अवैद्य गर्भपतन गर्नै लाग्दा एक क्लिनिकका सँचालक र उनकी श्रीमतिलाई प्रहरीले रँगेहात पक्राउ गरेको छ ।
लहानस्थित सँचालनमा रहेको राजदेवी मेडिकल हेल्थ केयर प्रा.लि. ले अवैद्य रुपमा गर्भपतन गर्न लागेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गर्भपतन गर्नै लाग्दा क्लिनिक सँचालक र उनकी श्रीमतिलाई रँगेहात पक्राउ गर्न सफल भएको हो ।
लहानको क्लिनिकहरुमा व्यापक रुपमा अवैद्य गर्भपतन भइरहेको व्यापक गुनासो आएपछि प्रहरीले सोमबार छापामारी गरी राजदेवी हेल्थ केयरका सँचालक उमेश चौधरी र उनकी श्रीमति राजकुमारी चौधरीलाई पक्राउ गरेको हो ।
लहान नगरपालिका वडा नम्बर ३ स्थित सँचालनमा रहेको सो क्लिनिकमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ बस्ने शम्भु कुमार दासकी अन्दाजी बर्ष २५ की श्रीमति रँजीता सहनीलाई अवैद्य गर्भपतन गराउन आएको बेला नियन्त्रणमा लिएको हो ।
लहानमै सँचालनमा रहेको विभिन्न क्लिनिकहरुमा भिडियो एक्सरे गराएर अन्य क्लिनिकमा गर्भपतन गराउने गरेको सूचना समेत प्राप्त भएको छ । अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
मधेश प्रदेशको विभिन्न जिल्लामा अवैद्य गर्भपतन गराउनको सँख्या दिनानुदिन बढदै गएको छ । छोरा मोहले अवैद्य रुपमा गर्भपतन गराउनेहरुको सँख्या बढदै गएको छ ।
प्रतिक्रिया