धनुषा : अवैध सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा, चालक फरार

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १७, मंगलवार १५:५१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश धनुषा जिल्लाकाे लालगढस्थित सव डिभिजन वन कार्यालयले अवैध सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको मिथिला नगरपालिका–८, कुसुमविछौनाबाट सोमबार २६.४७ क्यूफिट तीन थान सखुवाको गोलियासहित प्रदेश २–०३–०१५ प १६४९ नम्बरको ट्याक्टर वन कार्यालयले नियन्त्रणमा लिएको हो ।

सव डिभिजन वन कार्यालय लालगढका अधिकृत मदन चौधरीले कुसुम विछौनास्थित सार्वजनिक स्थानमा भएको एउटा सखुवाको रुख तस्करहरुले कटान मुछान गरी ट्याक्टरमा लोड गर्ने क्रममा काठसहित ट्याक्टर नियन्त्रणमा लिएको बताउनुभयो ।

सखुवा रुख कटान गरेको खबर प्राप्त हुनसाथ वन रक्षकसहितको टोली कटानस्थल पुग्दा तस्करहरु ट्याक्टर र ज १ त ८६०० नम्बरको मोटरसाइकलसमेत सोही ठाउँमा छोडेर फरार भएको उहाँले जानकारी दिनुभयो ।

कटानमुछान गरिएको सखुवाको काठ, ट्याक्टर र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कावारहीका लागि सव डिभिजन वन कार्यालय धनुषामा पठाएको अधिकृत चौधरीले बताएका छन ।

प्रतिक्रिया





Top