मिर्चैया । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रावण कुमार यादवले आज मंगलबार अनुगमन गर्नुभएको छ । वडा नं ४ कुथनमामा नगर प्रमुख यादव लगायत मिर्चैया नगरपालिकामा कार्यरत कर्मचारीहरुको अनुगमनले स्थानीय खुशी भएका छन् ।
अनुगमन क्रममा जिबा नदिको पुर्वपट्टी बसोबास गरिरहेका व्यक्तिहरुको लागि कलभट (पुल)लनिर्माण गर्ने योजना लाएको छ।जुन कल्भट कहाँ बनाउने बारे तय हुन सकेन किन भने त्यो कलभट ( पुल) पुर्वपट्टी घर रहेका व्यक्तिहरुको लागी आवतजावत गर्न सजिलो होस् , वर्षायाममा भोगिएका समस्या आव कहिले नदोहोर्याउनु परौ त्यसले सो कलभट/पुल त्यो ठाउँमा बनाउनु पर्छ जहाँ पुर्वपट्टीका घरधनी लगायत पश्चिमपट्टी दुबैको लागि सहज होस त्यही कलभट(पुल) बन्ने मेयर श्रावण कुमार यादवले भन्नुभएको छ।
स्थानीय बुद्धिजीवी ,राजनैतिक कर्मी , भलभलादमी र निर्वाचन भएको सदस्यहरुले पहिला दिपेश महतो /श्रीप्रसाद मुखियाको घर देखि सिदा जिवा नदिमा कलभट/पुल बनाउन देखाए।तर त्यहा कलभट(पुल) बनाउदा पुर्वपट्टीका घरबासीलाई केहि नगरेको जस्तो हुनेथियो ।
मेयर यादवलाई अर्को ठाउँ पनि कल्भट(पुल) बनाउन देखाउदा यो ठाउँ नै पुर्वपट्टीको घरबासी लागि उपयुक्त रहेको छ भने।जसले गर्दा उनीहरूको समस्या समाधान हुनेछ ।यति भए पनि पहिलाकै ठाउँमा बाउन्न केही व्यक्तिहरुले दबाब दिए तर मेयर यादवले भने हैन मैले पुर्वपट्टीकै लागि नै कलभट(पुल) बनाउने बढी सोच रहेको छ ।
यदि पुर्वपट्टीका खेतधनीले फुलगेन यादवको घर ,वरिपरि बाटोदेखी सिधा कृषि सडक निर्माण भएको बाटोमा सडक जोडिइन्छ भने मैले जे.सि.बी पठाउछु अनि पहिलाकै स्थानमा कलभट(पुल) बन्ने छ मेयर यादवले भने ।सो सडक बन्न समय लगियो ,केहि समस्या उत्पन्न भयो भने मैले दोस्रो ठाउँमा नै कलभट बन्ने भने साथै सो निर्णय दुई दिनभित्र गरेर भन्न बुद्धिजीवी ,निर्वाचन सदस्य ,अनुगमनमा उपस्थिति रहेको स्थानीयलाई भन्नुभएको छ।
प्रतिक्रिया