रौतहटको हथियाहीमा करेन्ट लागेर एक जना वृद्धको ज्यान गयो

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १८, बुधबार १८:२३ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, फागुन १८ गते रौतहट ।
रौतहटमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ
जिल्लको कटहरिया नगरपालिका वडा नं. २ हंथियाहीका स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको प्रहरीले जनाएको छ आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर राउतको ज्यान गएको छ ।
स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिक्रिया





Top