जनकपुरधाम । धनुषामा लागूऔषध गाँजा कारोवारी गर्ने एक जना सबैलाबाट अर्को एक महेन्द्रनगरबाट जम्मा दुईजना लाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको दुधमती चौकमा फलफूल पसलको आडमा लागूऔषध गाँजाको व्यापार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहिबार क्षीरेश्वरनाथ नगरपालिकावडा नम्बर ५, दुधमती चौकबाट फलफूल पसलका सञ्चालक अरुणकुमार साहलाई लागूऔषध गाँजाको कारोवार गरेको कसुरमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो।
फलफूल पसलमा खानतलासी गर्दा झोलाभित्र कागजको परिया बनाएर बिक्री गर्न तयारी अवस्थामा राखिएको ९० ग्राम गाँजासहित पसल सञ्चालक साहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
नियन्त्रणमा लिएको साह उपर लागूऔषध नियन्त्रण ऐनअनुसार जिल्ला अदालत धनुषाबाट पहिलो पटक सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय सबैलाबाट गस्ति टोलीले नगरपालिका वडा नं. ९ कुसमाहा (सतोषर) पोखरीको दक्षिण पट्टी रहेको बस्ने रामलखन कापरको छोरा अन्दाजी वर्ष ३० को लालबाबु कापर शंकास्पद रूपमा हातमा कालो पलाष्टिक लिई घुम्दै गरि रहेको अवस्थामा समातिएका थिए।
नियन्त्रणमा लिएपछि कानुन बमोजिम निजको शरिर खानतलासी गर्दा कापरले हातमा बोकेको कालो पलास्टिक खोली हेर्दा लागु औषध गाँजा रहेका थिए।
उक्त गाँजाको स्थानिय मानिसहरूको रोहवरमा तौल गर्दा ६०० ग्राम रहेकोमा निजलाई उक्त लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक १० दिन म्याद थप लिई अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय सबैलाले बताएका छन ।
प्रतिक्रिया